१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रतिनिधि शासक बन्दैछन्ः नेता बस्नेत

१४ फाल्गुन २०७४, सोमबार १२:३४

फागुन १४, भक्तपुर | नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले जनताको मत पाएर आएका स्थानीय तहका जनप्रतिनिधि शासकका रुपमा प्रस्तुत हुन थालेको बताउनुभएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘वर्तमान परिपे्रक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती’ विषयको कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य बस्नेतले जनप्रतिनिधिमा दम्भ र घमण्ड मौलाउँदै गएको बताउँदै भन्नुभयो, “ पछिल्लो समयमा हामी जनताको प्रतिनिधि हो भन्ने भुलेर हामी शासक हौँ कि भन्ने दम्भ र घमण्ड जनप्रतिनिधिमा बढ्दै गएको छ, यसले विकासमा बाधा पु¥याउँछ ।” 

जनप्रतिनिधिले चार किल्ला प्रमाणित र भूमिसुधारको काम गरेर दैनिक समय बिताउँदै आएको टिप्पणी गर्दै उहाँले रातो कलमले सही गर्न मात्रै जनप्रतिनिधि नभएकाले विकास निर्माण र अन्य काममा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सहायक प्रजिअ जयकुमार घिमिरे, नगरपालिकाका उपप्रमुखहरु सूर्यविनायककी जुना बस्नेत र चाँगुनारायणकी वीणा बास्तोलालगायतले स्थानीय तहको विकास र प्रगतिका लागि नागरिक समाज र जनप्रतिनिधि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह