२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण सकिन अझै २ बर्ष लाग्ने

२०७४, १५ फाल्गुन मंगलवार ०६:३३

फागुन १५, चौतारा | २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ । 


सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठूलो घाटा ब्यहोर्नु पर्नेभएको छ । 

२०७१ साल साउन १७ गतेको जुरे पहिरोले प्रशारण लाइनको टावरलाई क्षति पुु¥याएपछि झण्डै चार महिना आयोजनाबाट उत्पादन बन्द भई मर्मत पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएलगत्तै २०७२ सालको भूकम्पले क्षति पुु¥याएपछि मर्मत भइरहेको आयोजनालाई २०७३ साल असार २१ गते तिब्बतबाट आएको भोटेकोशीको बाढीले तहसनहस पारेपछि लगानीका हिसाबले नयाँ निर्माण गर्नुसरह भएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले बताउनुभयो । 

चीनको सिनो हाइड्रो कम्पनीलाई रु सात अर्बमा पुनःनिर्माणको ठेक्का सम्झौता भएको र आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक स्थापितले जानकारी दिनुभयो । 

बाह्रबिसे–तातोपानी सडकखण्डअन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर ३.५ किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएको थियो । 

बाढीले सुरुङ मार्गबाहेक बाँधस्थल, विद्युत् गृह, पेनस्टक पाइप, प्रशारण लाइनको केही टावर क्षेत्र र विद्युत् गृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुर्याएकाले मर्मत तथा नयाँ निर्माण गर्न पर्ने आयोजनाले जनाएको छ । 

प्रजातन्त्र पुनःस्थापना पछि २०५१ सालमा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट लगानीकर्ताले हात झिकेपछि यहाँ निजी क्षेत्रबाट निर्माण कार्य शुरु भएको थियो । 

अमेरिकाको पाण्डा इनर्जी र हार्जा कर्पोरेसनले २०५३ सालमा शुरु गरेको सो आयोजनाबाट उत्पादित विद्युतलाई अमेरिकी डलरमा खरिद गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता भएको थियो । शुरुमा ३६ मेवाको स्वीकृति पाएको आयोजनाले शुरु भएको लामो समयपछि अमेरिकी सरकारको दबाबमा ४५ मेवाको स्वीकृति पाएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने