रफत सञ्चार क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रफत सञ्चार क"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नकुहिने प्लाष्टिक कम्पनी र हरियो स्टिकर नभएका सवारीलाई कारवाही गर्छौ: मन्त्रि पण्डित

२०७४, १५ फाल्गुन मंगलवार ०८:४९

फागुन १५, भक्तपुर | जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । 


रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताउनुभयो । 

उहाँका अनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाइने छ । “हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी साधनलाई परीक्षण गरी कारवाही गरिनेछ र त्यस्ता सवारी साधनका कर्मचारीको नाम समेत उल्लेख गरी सवारीधनी र कर्मचारीलाई समेत कारबाही गरिने छ ”, उहाँले भन्नुभयो । 

वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाइने र गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारवाहीको दायरामा ल्याइने उहाँको भनाइ थियो । नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात गरिएका सामानमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उहाँले आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदण्डअनुरुप मात्र नेपाल भित्रिने व्यवस्था गरिने छ भन्नुभयो । 

एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरी वातावरण बिगार्नेलाई कारवाहीको दायरामा ल्याइने पनि मन्त्री पण्डितले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन