2026-10-15 10:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशमा सडक सुरक्षा कार्यक्रम लागू – ‘पसिना बगाउने मान्छेको राज्यले सम्मान गर्नेछ’

फागुन १९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारका फुटपाथ खाली गर्न नगरपालिकालाई निर्देशन दिएका छन् । प्रदेशको राजधानी सुर्खेतमा समृद्धिका लागि सुरक्षा अभियानअन्तर्गत सडक सुरक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सुरक्षाका लागि फुटपाथ तत्काल खाली गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले सफा र सुन्दर शहर बनाउनका लागि मुख्य बजार क्षेत्रमा बिरुवा रोप्न पनि निर्देशन दिएकाछन्। वेरोजगारी भएर त्यत्तिकै बस्नु भन्दा कुनै न कुनै काम गर्न सबैमा आग्रह गर्दै मुख्यमन्त्री शाहीले श्रम गरेर पसिना बगाउने मान्छेको राज्यले सम्मान गर्ने बताए । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको समृद्धिका लागि सुरक्षा अभियान कार्यक्रमअन्तर्गत सडक सुरक्षा कार्यक्रम कर्णाली प्रदेशभरि लागू गरिएको छ।

कर्णाली प्रदेशको सडक आवागमन सरल, सुगम र नियमित बनाउने, सवारी दुर्घटनाका मुख्य कारणलाई न्यूनिकरण गर्ने र सवारी चालकलाई ट्राफिक नियम पालना गराउने सडक सुरक्षा कार्यक्रमको उद्देश्य रहेको छ। त्यसैगरी सडक प्रयोगकर्तामा सुरक्षित व्यवहार अपनाउने बानी बसाल्ने उद्देश्य पनि राखिएको छ। सडक सुरक्षा कार्यक्रममा सडक सुरक्षा सम्वन्धी जनचेतना र शिक्षामूलक गतिविधि पनि गरिने छ ।

उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले समृद्धिका लागि सुरक्षा नीति लागू गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। मन्त्री भण्डारीले सडक दुर्घटनाबाट कर्णालीमा धेरैले ज्यान गुमाइरहेको अवस्थामा सडक सुरक्षा कार्यक्रम ल्याइएको बताए। रातीको समयमा ड्युटीमा खटिने ट्राफिक प्रहरीलाई ट्राफिक जाकेट पनि वितरण गरिएको छ। कर्णाली प्रदेशमा अधिकांस मानिसहरुको मृत्यु सवारी दुर्घटनाका कारण हुने भएकाले यसको न्युनिकरणका लागि सडक सुरक्षा कार्यक्रम लागू गरिएको प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रणबहादुर चन्दले जानकारी दिए।

यस कार्यक्रमअन्तर्गत कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडक खण्ड, कपुरकोट–रुकुम सडक खण्डलगायतमा हाई–वे प्रहरी गस्ती गरिने उनले बताए । यस्तै चालक, नागरिक तथा सडक प्रयोगकर्ताहरुका लागि सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा उपसभामुख पुष्पा घर्ती, प्रदेश सरकारका मन्त्रीहरु, उच्च पदस्थ अधिकारीहरु, प्रदेशसभाका सांसदहरु, राजनीतिक दलका प्रमुखहरु, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख उपप्रमुखलगायतको सहभागिता रहेको थियो ।

कर्णालीका २ वटा जिल्ला अझै सडक सञ्जालसँग जोडिन सकेका छैनन् । भएका सडक कालो पत्रे भएका छैनन् भने सडकहरू पनि साँघुरा र जीर्ण अवस्थामा रहेका छन्। जसका कारण अहिले कर्णाली राजमार्गमा रातीको समयमा गाडी सञ्चालनमा रोक लगाइएको छ। कर्णालीमा सडक दुर्घटनाबाट ११ प्रतिशत यात्रुको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने