2026-10-18 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेविसंघ अर्घाखाँची तह अनुसार संगठन बनाउँन गाउँमा

फागुन १९, अर्घाखाँची । नेपाल विद्यार्थी संघ अर्घाखाँची संघीय संरचना अनुसार स्थानिय तहमा संगठनलाई मजवुत बनाउँन लागेको छ । ६ स्थानिय तह रहेको अर्घाखाँचीको शितगंगा नगरपालिकामा नेविसंघले महेश खनालको अध्यक्षतामा कार्यसमिती चयन गर्यो । 

शनिबार नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेको प्रमुख अतिथ्यतामा सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकामा पनी भेला छलफल तथा पालिका कमिटीको गठन गर्यो । 

सन्धिखर्क नगरपालिकामा भरतमणि भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितीको सर्वसम्मत चयन भयो । छत्रदेवमा सञ्जय पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितीको सर्वसम्मत चयन भयो । 

छत्रदेवमा भएको कार्यक्रममा कांग्रेसका नेता बाबुराम पौडेल, नेविसंघ जिल्ला अध्यक्ष युवराज पाण्डे, पुर्व जिल्ला अध्यक्ष मेघराज पाण्डे, जिल्ला उपाध्यक्षद्धय नेत्र मरासिनी, सुरज रायमाझी, क्षेत्रीय सभापती नविन पौडेल, स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पस कोषाध्यक्ष घनश्याम पौडेल लगाएतले नेविसंघ बलीयो भएमा मात्रै कांग्रेस बलियो हुने भएकाले संगठन बनाउँन सवै लाग्नुपर्ने बताए । 

नेविसंघ अर्घाखाँचीले गाउँ तथा नगरको समन्वयमा स्थानिय तह स्तरीय कमिटी गठन गर्दै अगाडी बढेको जिल्ला सचिव कृष्ण पौडेलले जानकारी दिए । पौडेलका अनुसार आउँदो फागुन २४ गते जिल्लाको पाणिनी गाउँपालिका र भुमिकास्थान नगरपालिकामा नेविसंघको भेला तथा कमिटी गठनको कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु