२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

एमाले र माओवादी परित्याग गरि ३५ जना काङ्ग्रेसमा प्रबेश

२०७४, १९ फाल्गुन शनिबार १६:४५

फागुन १९, अर्घाखाँची | नेपाली कांग्रेसकाे अन्तरकृया तथा पाटी प्रबेश कार्यक्रम सन्धिखर्ककाे वाड नम्बर ११ डिभर्नाकाे जाेगीमारेमा सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले कांग्रेस प्रतिपक्षमा बसेर ससकत रुपमा सरकारलाई खबरदारी गर्ने बताउनु भएको छ । उहाँले जिल्लाको विकासका लागि नेपाली कांग्रेसले प्रमुख भुमिका खेलेको बताउदै अागामि दिनमा विकासको काममा प्राथमिकता दिने बताउनु भयाे ।

सन्धिखर्क नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई देसकै नमुना बनाउने गरि काम भैरहेको बताउनु भयाे । कार्यक्रममा एमाले युवा नेता तथा जिल्ला खेलकुद विकास समितिका काेषाध्यक्ष लक्ष्मण अाचार्यकाे नेतृत्वमा एमाले र माअाेवादी परित्याग गरि ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।


नव प्रवेशीहरुलाई जिल्ला सभापति बिष्णु  मुस्कान र पुर्व पाटी सभापति कमल प्रसाद भुसालले पाटीकाे साधारण सदस्यता प्रदान गर्नु भएको थियोे । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव बिष्णु प्रसाद भुसाल, क्षेत्रीय सभापति केसवराज कुवर, पुर्व जिल्ला उपसभापति ईन्द्रबहादुर क्षेत्री, जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद खनाल, मणिराम परियार, सीता भुसाल, तरुण दलका जिल्ला अध्यक्ष तथा १२ नम्बर वडाको वडा अध्यक्ष नारायण खड्का, नेपाली कांग्रेस १२ का सभापति लिलाधर बस्याल, नेपाल  प्रेस युनियनका केन्द्रीय पार्षद प्रेमनारायण अाचार्य, पाटी प्रबेश गर्ने हरुकाे तर्फबाट लक्ष्मण अाचार्य,   ज्येष्ठ  सदस्य टेकबहादुर भुसाल, लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क ११ का वडा सभापति खडानन्द अाचार्यकाे सभापतित्व, सचिव दामोदर अाचार्यकाे सञ्चालन र सचिव फर्सुराम कुवरकाे स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन