३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रनगरमा योग विज्ञान शिविर शुरु

२४ फाल्गुन २०७४, बिहीबार १६:२२

फागुन २४, सुर्खेत । विहीवारदेखि वीरेन्द्रनगरमा निःशुल्क योग विज्ञान शिविर शुरु भएको छ । २८ गतेसम्म सञ्चालन हुने शिविरमा विभिन्न योग, आर्युर्वेदका वारेमा जानकारी गराइने पतञ्जली योग समिति भेरी अञ्चल इन्चार्ज शिवराज जैसीले जानकारी दिए ।

‘नियमित योग, व्यवस्थित आहार बिहार हाम्रो चाहना स्वस्थ वीरेन्द्रनगर’ भन्ने मुला नाराका साथ शिविर सञ्चालन भएको छ । शिविरको उद्घाटन गर्दे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले योग सवैको लागि ज्यादै नै उपयोगी भएकाले यसलाइ नियमित गरी स्वस्थ जिवन जिउन सवैलाइ आग्रह गरे ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले स्वस्थ रहनको लागि योग, आहार विहारमा ध्यान दिनुपर्नेमा जोड दिए ।वीरेन्द्रनगर नगरपालिका उप मेयर मोहनमाया ढकालले योग विज्ञान भएको र यसले निरोगीहरु जन्माउने भएकाले नियमित योग गर्न आवश्यक रहेको बताइन् ।


शिविर वीरेन्द्रनगर नगरपालिकाको आयोजना, भेरी अञ्चल आयुर्वेद औषधालय र पतञ्जलि योग समिति सुर्खेतको समन्वयमा सञ्चालन भइरहेको छ । योग शिविरमा पतञ्जली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्र, पतञ्जलीका रिता कार्की र आयुर्वेद डाक्टर विनोद घिमिरेले योग, प्रवचन तथा आयुर्वैदका वारेमा पाँच दिनसम्म जानकारी दिने जनाइएको छ । शिविरमा दुइ हजार जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा