२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

२०७४, २५ फाल्गुन शुक्रबार १२:२१

फागुन २५, पोखरा | प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । 

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा ४१ जनाले उहाँको पक्षमा मतदान गर्नुभयो भने १७ जनाले विपक्षमा मतदान गर्नुभएको थियो । 

साठी सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको २७ र माओवादीको १२ सदस्य रहेकोमा राष्ट्रिय जनमोर्चाका तीन जनाले पनि आज उहाँको पक्षमा मतदान गर्नुभएको थियो । 

विश्वासको मतको विपक्षमा नेपाली काँग्रेसको १५ र नयाँ शक्तिका दुई जनाले मतदान गर्नुभयो । 

मतदानमा सभामुख नेत्रनाथ अधिकारी सहभागी हुनुभएन भने मनाङका स्वतन्त्र तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले हालसम्म शपथ लिनुभएको छैन । 

आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ लाई पारित गरियोस् भनी प्रदेशसभा सदस्य प्रभा कोइरालाले गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो । 

अर्को बैठक फागुन २७ गते दिनको ११.०० बजे बस्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन