२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कानून मन्त्रीलाई बाढी पीडितको आग्रहः सरकार ! बासको व्यवस्था गरियोस्

२६ फाल्गुन २०७४, शनिबार १४:३८

फागुन २६, सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसुर्खेत पञ्चपुरी नगरपालिका– १० गल्फगाउँको बाढीपीडित बस्तीमा पुग्दा कलेटी परेका ओठ, चाउरी परेका गाला र निन्याउरो अनुहारमा थोरै खुशी लिएर पालमुनिबाट बालबालिकासहित महिला र पुरुषको समूहले रुखका पातको माला बनाएर उनलाई स्वागत गरे ।

पहिलो पटक पालको बास खोजेर गाउँमा मन्त्री आउँदा गल्फवासीको खुशीको सीमा रहेन । पालको बस्तीमा आफूसँग दुःख साट्ने मन्त्री पाएको भन्दै स्थानीय दुर्गा नेपालीले गर्व लागेको बताए । यद्यपि मन्त्रीको आगमनमा देखिएको खुशीभित्र दुर्गालगायतका सबै बाढीपीडित गल्फवासीका लुकेका पीडा पोखिने बेला खोजिरहेका थिए । एकैछिनपछि गल्फकै स्थानीय महिला बिन्द्रा जैसीले भने, ‘सरकार घरदैलो पुगेको छ, अब हामीले हाम्रा समस्या बताउनु पर्दैन ।’

कानुनमन्त्री भण्डारीसँग पञ्चपुरी नगरपालिकाका सबै बाढीपीडितको एउटै माग थियो, सरकार हामीलाई अरु चाहिँदैन, बासको व्यवस्था गरिदेऊ । सरकारले बासको मात्र व्यवस्था गरिदिए गास र कपासका आफैँ संघर्ष गर्ने उनीहरुले बताएका छन् । सामुदायिक जंगलमा बस्दा समितिका मान्छेले रुख त के हाँगासमेत काट्न नदिएको उनीहरुको गुनासो थियो ।


स्थानीय राजु विकले विसं २०७१ साउनमा भेरी नदीमा आएको बाढीले पञ्चपुरी नगरपालिका–१० (साविक तातोपानी गाविस ६) गल्फका मात्रै १०७ घरधुरी बगाउँदा २९ मान्छे र सयौँ पशुवस्तुको क्षति हुनुका साथै आफू घरबारविहीन भएको दुःख व्यक्त गरे । ‘बाढीको बज्रपातका बेला सरकारभन्दा निजी क्षेत्रले लत्ताकपडा, चामल र पाल दिएर सहयोग गर्यो', उनले भने । 

सोही वडाकै रतन कामीले भने, ‘सहयोगका नाममा सरकारले एकपटक रु ४० हजार ५०० दिएको थियो । आखिर त्यसले के पुग्छ र ?’ एक मिटर जमिन किन्दा रु तीन लाख पर्ने ठाउँमा रु ५० हजारले घर जग्गा किन भन्ने सरकारका नागरिक भएर बाँच्न नसकिने अवस्था आइलागेको उनले बताए ।  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसुर्खेत पञ्चपुरी नगरपालिका– १० गल्फगाउँका बाढीपीडितको अवस्था बुझ्नपत्रकारहरु लिएर त्यहाँको स्थलगत भ्रमणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य