२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरसभाबाट तीनवटा ऐन पारित

२०७४, २८ फाल्गुन सोमबार ०३:५०

फागुन २८ कञ्चनपुर (रासस) | भीमदत्त नगरपालिकाको दोस्रो नगर सभाबाट तीन ऐन पारित सहितका विभिन्न निर्णय गरिएका छन् । नगर सभामा हालसम्मको विकास निर्माणको समीक्षा र आगामी दिनमा बनाउनुपर्ने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ । 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकालाई रुपान्तरणको बाटोमा लैजाने प्रतिबद्धता गरी विभिन्न ऐन र निर्णय पारित गरिएको बताउनुभयो । “नगर सभामा अहिलेसम्मको विकास निर्माणको समीक्षा गर्यौं, विगतका कमजोरी सच्याउँदै भीमदत्तको रुपान्तरण र परिवर्तनका लागि सबैले सामूहिक रुपमा लाग्ने कुरा भयो,” नगर प्रमुख विष्टले भन्नुभयो । नगर सभामा आगामी तेस्रो नगर सभामा पेश हुने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ । 


दोस्रो नगर सभाबाट सहकारी ऐन, आर्थिक ऐन र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन पारित गरिएका छन् । यसअघि पहिलो नगर सभाबाट पारित ऐन स्थानीय राजपत्रमा प्रकाशित गरिएका छन् । 

नगर सभाले विभिन्न ६ वटा विषयत समिति पुनः गठन र पशु सेवाअन्तर्गत छुटेको बजेट थप गर्ने अधिकार नगर कार्यपालिकालाई दिएको छ । नगर कार्यपालिका (कार्य सम्पादन नियमावली) का आधारमा वडाध्यक्षको संयोजकत्वमा तीनदेखि ६ सदस्यीय समिति गठन गरिएका छन् । 

यसैगरी नगर सभाबाट नगर सभा सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सभाकक्षमा रहन अनुमति दिने निर्णय गरिएको छ । नगरपालिकाका सबै वडामा एक÷एकसहित २७ जना नगर प्रहरीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण