२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल नागरिक उड्डयन प्राधिकरण भन्छ – ‘असाधारण अवतरणबाट दुर्घटना’

२०७४, २८ फाल्गुन सोमबार १७:०४

फागुन २८, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले आज अपराह्न भएको युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । 

क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन । जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको थियो । युएस बङ्गला विमान दुर्घटनामा हालसम्म चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको क्यान, त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले पत्रकार सम्मेलन गरी जनाएको छ । 

काठमाडौँ मेडिकल कलेज सिनामंगलमा प्रिन्स धानी र सविना व्यन्जनकार, बंगलादेशी इमरान कविर, कविर हुसेन, रसिद हसन, निहेवी हसन, रजीन अब्दुल, डा इरजन, एसएचडब्लु ओरएन र सरीन अमितको उपचार भइरहेको छ । त्यस्तै ग्रान्डी अस्पतालमा नेपाली किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारको तथा न्यूरो अस्पतालमा दिनेश हुनमागाईंको उपचार भइरहेको छ । त्यसैगरी मेडिसिटी अस्पतालमा केशव पाण्डे तथा नर्भिक अस्पतालमा विनोद पौडेल, वसन्त बोहरा, आशिष रञ्जित, सोनम शाक्यको उपचार भइरहेको छ । ओम अस्पतालमा भने बंगलादेशी राजवान हक्रुको उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से