२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेशमा मन्त्री अघिअघि, मन्त्रालय पछिपछिः मन्त्री रावल

२०७४, ५ चैत्र सोमबार ११:५४

चैत्र ५, काठमाडौँ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश मन्त्रालय संचालन सम्बन्धी ऐन र कानुन नबनेका कारण सोँचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले सरकार संचालनका दैनिक कामसँगै ऐन र कानुन निर्माणलाई तीब्रता दिएको बताए । 

“केन्द्रमा जस्तो प्रदेश मन्त्रालयका ऐन र कानुन बनेका छैनन्, दैनिक कार्य संचालनसँगै ऐन र कानुन निर्माणलाई अगाडि बढाएका छौँ । अहिले मन्त्री अघिअघि र मन्त्रालय पछिपछि जस्तो भएको छ” मन्त्री रावलले भने ।

सोमबार संवाद डबलीमा अनेरास्ववियु हुम्ला–काठमाडौँ सम्पर्क कमिटीले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मन्त्री रावलले प्रदेशलाई समृद्धि बनाउने गरी सरकारले काम सुरु गरेको बताए । आफ्नो मन्त्रालयभित्र शिक्षा, स्वास्थ्य, रोजगार, महिला, भाषासहित सातओटा विधा परेको बताउँदै मन्त्री रावलले भने,“मैले समालेको मन्त्रालयभित्र सातओटा विभाग छन्, प्रदेशका नागरिकलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउने गरी कानुन बनाउँदै छौं ।” देशको समृद्धिको लागि विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री रावलले त्यसको लागि तयार हुन विद्यार्थीहरुलाई आग्रह गरे । 

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक पोलिट्ब्यूरो सदस्य गोरख बहादुर बोगटीले संक्रमणकालको अन्त्य भएको र संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्धि बनाउनु अबको कार्यभार भएको बताए । कर्णाली प्रदेशमा क्षमतावान व्यक्तिहरु छैनन् भन्ने सोँचलाई तोड्न विद्यार्थी तयार हुनुपर्ने बोगटीले धारणा राखे । 

हुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले केन्द्र र प्रदेश सरकारले समन्वय गरेर काम गर्नुपर्ने अबस्था रहेको बताए । केन्द्र सरकारसँग जोडिएका प्रदेशका कामहरुमा आफूले सहयोग गर्ने लामाले प्रतिवद्धता समेत जाहेर गरे । 

कार्यक्रममा सम्पर्क कमिटीका अध्यक्ष रविनविक्रम शाहीले अध्यक्षता गरेको कार्यक्रमको संचालन भरत रावतले गरेका थिए भने स्वागत पण्डवी बालकोटीले गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ