2026-07-24 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहमा भ्रष्टाचार: महावै र नरहरीनाथका कागजात अख्तियारको नियन्त्रणमा

चैत ७, कालिकोट | नरहरिनाथ र महावै गाउँपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रण गरेको छ । दुवै गाउँपालिकाले विकास बजेटमा अनियमितता गरेको भन्दै अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले कागजात नियन्त्रण गरेको हो । स्थानीय तह गठन भएपछि कार्यविधि विपरित कामकाज गरेको भन्दै अख्तियारले गाउँ कार्यपालिका सबै कागजपत्र नियन्त्रण गरेको महावै गाउँपालिकाका कार्यकारी अधिकृत नन्दप्रसाद पाण्डेले बताए।

‘गाउँ कार्यपालिकाका सबै कागजपत्र अख्तियारले लगेको छ’ उनले भने, ‘अख्तियारले गाउँपालिकाले अनियमिता गरेको आशंका कागजात नियन्त्रण गरेको हो।’ त्यस्तै, नरहरिनाथ गाउँपालिकाले पनि कार्यालय व्यवस्थापनलगायतका विकास योजनाको रकम अनियमिता गरेको भन्दै सबै कागजपत्र नियन्त्रण गरेको छ। नरहरीनाथ र महावै गाउँपालिकाले खरिद गरेका सामानमा खरिद ऐन अनुसार नभएको भन्ने उजुरीका आधारमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेले गाउँपालिकाका फाइल नियन्त्रणमा लिएको हो ।

गत आर्थिक वर्षको पँुजिगत तर्फको ३२ लाखको फर्निचर र मेसिनरी औजार खरिद प्रक्रियामा अनियमितता भएको भन्ने उजुरी अख्तियारमा परेको बताइएको छ । स्थानीय तह सञ्चालन भएको १ वर्ष नपुग्दै जिल्लाका गाउँपालिकाका फाईल अख्तियारमा जानुले स्थानीय तहका जनप्रतिनिधीहरुका आगामी बाँकी अवधी अख्तियार धाउँदे बित्ने हुन कि भन्ने संकेत गरेको स्थानीयको बुझाई छ ।

महावै गाउँपालिकाका जनप्रतिनिधिहरूले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको एमाले र माओवादी केन्द्रले आरोप लगाएको छ। गाउँपालिका व्यवस्थापन खर्च, स्थानीय सडक निर्माणलगायतका विकासे योजना, सामाजिक सुरक्षा भत्तामा स्थानीय तहका जनप्रतिनिधिहरूले करोडौं भ्रष्टाचार गरेको एमाले–माओवादीको भनाइ छ। स्थानीय ऐन विपरित विभिन्न शिर्षकका खर्चमा गाउँपालिकाका पदाधिकारीले भ्रष्टाचार गरेको माओवादी केन्द्र महावै गाउँपालिका इन्चार्ज सर्पराज सिंहको आरोप छ। उनले भने, ‘जनप्रतिनिधिले मनोमानी खर्च गर्ने क्रम बढेको छ ।’

एमाले जिल्ला कमिटिका सचिव चित्र सिंहले पनि महावै गाउँपालिकामा पदाधिकारीहरूले आफुखुसी खर्च गर्ने काम तीव्र पारेको बताए । उनले भने, ‘अनुदानको बजेट जथाभावी बाँड्ने क्रम बढेको छ।’ महावै गाउँपालिकाले अवलोकन भ्रमण खर्च भनेर ४० लाख रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाले विकास अनुदानको बजेटबाट अवलोकन भ्रमण खर्च छुट्याएको हो।

गाउँ कार्यपालिकाको निर्णयले अवलोकन भ्रमण खर्च विनियोजन गरेको महावै गाउँपालिकाका लेखापाल तिर्थबहादुर सिंहले बताए। ‘४० लाख रुपैयाँ अवलोकन भ्रमण खर्च छुट्याइएको छ,’ उनले भने, ‘तर खर्च भने भएको छैन।’

वडा कार्यालयमा तालाबन्दी

नरहरीनाथ गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । कर्णाली रोजगार कार्यक्रममा कामदार छनोट गर्दा मनोमानी गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । कर्णालीका जनता पहुँच नभएका, सरकारी जागिर नभएका, द्वन्द्वपीडित, दलित तथा महिलाका लागि लागू गरिएको कार्यक्रममा वडापालिकाकाले आफुखुसी कामदार छनोट गरेको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडाअध्यक्ष नरबहादुर बोगटीले आफुले कर्णाली रोजगार कार्यक्रमका निर्देशिका अनुसार कामदार छनोटमा सहयोग गरेको बताए उनले आफुले कामदार छनोट गर्ने नभएकाले छनोट भएर आएका ८० जना कामदारको सिफारिस गरि पठाएको बताए । नरहरीनाथ गाउँपालिका गाउँकार्यपालिकाको बैठक र दोस्रो गाउँसभा सकेर आफु वडा कार्यालयमा गएर विस्तृत रुपमा बुझेर खवर गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक