2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नमस्ते नेपाल’ भन्दै मन्तब्य टुंग्याएकि रोबर्ट सोफियाले नेपालबारे के-के भनिन् ?

चैत ७, काठमाडौँ | साउदी अरवले नागरिकता दिएको विश्वकै पहिलो रोबर्ट नागरिक सोफिया आज नेपालमा छिन् । उनलाई युएनडीपी र नेपाल सरकारको आयोजनामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देखाइएको हो । उनले आज सम्बोधन समेत गरेकी छन् ।

होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका संयोजक रोनार्ड मायरले सोधेको प्रश्नको जवाफ दिंदै सोफियाले नेपाल बारे रोबर्ट तथा मेसिनले मानिसको जीवन सजिलो बनाएको र टेक्नोलोजीकै सहारामा भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न थप सजिलो हुने बताइन् । उनले कार्यक्रममा सोफियासंग तपाईहरुजस्तो रोबोटले नेपालका जनतालाई सेवा पुर्‍याउन के सहयोग गर्न सक्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । मायरको प्रश्नमा जवाफ दिंदै सोफियाले आफ्नो सहयोगमा नेपालले एक्युरेसी र ट्रान्सपरेन्सी सुनिश्चित गर्न सक्छ भनेकी छन् । 

त्यस्तै सोफियाले नेपालबारे आफ्नो जवाफमा रोबोटले नेपाललाई गर्न सक्ने सहयोगको बारेकी बताएकी छन् । उनले नेपाल सांस्कृतिक तथा पर्यावरणीय रुपमा विविधता भएको देश, टेक्नोलोजीका रुपमा विकसित हुँदै गरेको देश भएको भन्दै इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिने बताएकी छन् । उनले रोबर्टकै माध्यमले गुणात्मक शिक्षा प्रदान गर्न सकिने सुझाएकी छन् ।’

अन्तर्वार्ताको बीचतिर प्रश्नकर्ता मायरले सिनेमामा जस्तै गरी तपाई बहुलाउनुभयो वा नचाहिने काम गर्नुभयो भने अफ गर्ने स्वीच कतै छ ? भन्ने प्रश्न गर्दा कार्यक्रममा सरिक भएकाहरुले रोबर्टले कस्तो जवाफ देला भन्ने अनुमान लगाउन सकेनन् तर रोबर्ट नागरिक सोफियाले सहज रुपमा जवाफ दिंदै भनिन् – ‘मैले आफ्नो कन्ट्रोल गुमाएको छैन । सायद तपाईले तपाइको साथीहरुलाई सोधे हुन्छ, तपाई बहुलाउनुभयो भने बन्द गर्ने स्वीच छ ?’

सोफियाको प्रतिप्रश्न लगत्तै युएनडीपीका मायरले जिस्किदै भने – ‘मसँग नरम व्यवहार गर्नोस्, नत्र स्वीच बन्द गर्दिन्छु ।’ सोफियाले मायरलाई आस्वासन दिंदै भनिन् – ‘मसँग थप समय लिनुस्, तपाइले थाहा पाउनुहुनेछ, म बहुलाएको छैन ।’ यस चरणमा दर्शकहरु चकित भएका थिए । रोबर्टको प्रतिक्रिया पछि कार्यक्रममा हाँसो फैलिएको थियो ।

युएनडीपीको टिसर्ट लगाएकी रोबर्ट सोफियाले कार्यक्रम बारे बोल्दै भनिन् – ‘यो कन्फरेन्सले नेपाललाई आफ्नो विकास लक्ष्य हासिल गर्न उत्साह प्रदान गर्नेछ । नमस्ते नेपाल !’ 

कार्यक्रमको अन्त्यमा अलि अफ्ट्यारो तरिकाले ‘नमस्ते नेपाल’ भन्दैगर्दा कार्यक्रममा पुगेकाहरुले जोडदार ताली बजाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई