Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारी समायोजन ऐनअनुसार अवकाश माग

२०७४, १० चैत्र शनिबार ०५:५५

चैत १०, काठमाडौँ (रासस) | निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कर्र्मचारीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । 

यहाँ शुक्रबार आयोजित कार्यक्रममा उनीहरुले ऐनमा व्यवस्था भएअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गरे । आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले ऐनअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गर्दै खटाएको ठाउँमा कर्मचारी पुगे पनि काम गर्ने वातावरण नभएको जिकिर गर्नुभयो । 

कार्यक्रममा नेपाल कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले स्वेच्छिक अवकाशको व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियन(संघ)का अध्यक्ष गोपाल पोखरेलले आफूहरुले कहिल्यै स्वेच्छिक अवकाशको माग नगरेको भन्दै सरकारले आफैँले ल्याएको व्यवस्थालाई लागू गर्नुपर्ने बताउनुभयो । 

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेर काम गरिरहेको जिकिर गर्नुभयो । मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले समृद्ध नेपाल निर्माणमा कर्मचारीको ठूलो भूमिका रहने भएकाले सरकारले उचित किसिमको काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली