2026-08-31 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने

चैत १०, चितवन (रासस) | नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । 

एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । विसं २०७२ वैशाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी करीव रु दुई अर्ब ८९ करोडमा तीन ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो । विभिन्न काममा हालसम्म करीव रु २७ करोड ७५ लाख खर्च भइसकेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार पहिलो खण्डको ठेक्का करीव रु ६० करोड ६१ लाख रहेकामा बढेर करीव रु ६८ करोड ९७ लाख पुगेको छ । 

त्यस्तै दोस्रो खण्डमा ठेक्का लगाउँदाको रकम करीव रु ९७ करोड ६७ लाख रहेकामा बढेर करीव रु एक अर्ब १० करोड पुगेको छ । तेस्रो खण्डको करीव रु एक अर्ब ३० करोडमा ठेक्का लगाइएकामा बढेर करीवरु एक अर्ब ४१ करोड पुगेको छ । 

पहिलो खण्डमा १३.८१, दोस्रो खण्डमा १२.७२ र तेस्रो खण्डमा ८.२२ प्रतिशत बढिसकेको छ । रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पहिराका कारण पर्खाल लगाउँदा, बोलपत्रभन्दा स्तरीय नाली बनाउँदा, कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो ।सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार मूल्य वृद्धिको रकम समावेश गर्न बाँकी छ । मुद्रास्फीति दरका आधारमा लागत बढ्छ । यसका अतिरिक्त वायो इञ्जिनीयरिङका कतिपय काम बोलपत्रमा समावेश नभएकाले ती कामसहित आरसिसी रिटेनिङ वाल, सडकमाथिका डाँडाबाट झरेको पानी भित्तोमा कुलो बनाएर व्यवस्थापन गर्नेजस्ता कामका लागि करीव रु २६ करोड १३ लाख लागत अनुमान भएको छ । काम गरिरहेका ठेकेदारले सो रकममा छुटेका काम गर्न नसकिने जनाएपछि छुट्टै ठेक्का लगाएर काम गरिँदैन । वर्षाद्मा बाढीअघि नै गर्नुपर्ने कतिपय महत्वपूर्ण काम भएकाले ती काम आउँदो सातादेखि कामदार लगाएर गर्ने तयारीसमेत गरिँदैछ, जसमा पहिरो रोक्ने महत्वपूर्ण काम छन् । 

सडकको निर्माण लागत १५ प्रतिशतसम्म बढ्दा सडक विभागका महानिर्देशकको स्वीकृतिबाट हुने गर्छ । सोही अधीनमा रहने गरी लागत मूल्य बढाउने तयारी भइरहेको छ । परामर्शदाता कम्पनी इञ्जिनीयर रेग्मीले सकेसम्म १५ प्रतिशत मात्र लागत मूल्यवृद्धि हुने गरी काम सक्ने र केही छुटपुट काम भएपछि गर्ने तयारी भइरहेको बताउनुभयो । यसबाट लागत मूल्य करीव रु ४३ करोड ३१ लाख बढ्छ । निर्माण सम्पन्न गरिसक्ने मिति पहिलो खण्डलाई चैत ९, दोस्रो खण्डलाई चैत १९ र तेस्रो खण्डलाई चैत २९ सम्म तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार