२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामेछाप र अाेखलढुङ्गा जोड्ने सिरीसे पुल निर्माणको काम तिव्र बनाउन सांसदको पहल

२०७४, ११ चैत्र आईतवार ०५:५५

                                                                                १ वर्षमा पुल सञ्चालन गर्ने सहमति

पूर्णप्रसाद न्यौपाने । चैत्र ११, काठमाण्डौ ।

ओखलढुंगाको टारकेराबारी र रामेछापको सिरिसे जोड्ने लिखुनदीमा निर्माणाधिन अधुरो पुल निर्माणको काम तिव्र बनाउने सहमति भएको छ । ओखलढुंगाका सांसद यज्ञराज सुनुवारको पहलमा काठमाडौंमा बसेको सम्बन्धित पक्षसँगको छलफलमा आगामी १ वर्ष भित्रै निर्माण सम्पन्न गरिसक्ने गरि काम अघि बढाउने सहमति भएको हो । छलफलमा प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार,प्रदेशसभा सदस्य मोहन खड्का,सडक विभागका प्रतिनिधि,इन्जिनियर र निर्माण व्यवसायी सहितका सरोकारवालाहरु सहभागी थिए । छलफलमा २०७५ साल भित्रैमा सिरीसे पुल निर्माणको सबै काम सक्ने र २०७६ वैशाखबाट पुल सञ्चालनमा ल्याउने सहमति गरेर सम्बन्धित निर्माण व्यवसायीले प्रतिवद्दता जनाएको सांसद सुनुवारले बताउनुभयो । `कामको ठेक्का लिएको ओमबुद्द कन्ट्रक्सनले काम नगरेर समस्या भएको हो, अब बाँकी काम कन्काइ इन्टरनेशनल विल्डर्सले गर्नेछ´सुनुवारले भन्नुभयो`कुनै पनि बहाना चल्नेवाला छैन,समयमा काम सम्पन्न गराउन सबैपक्ष लागि पर्ने सहमति भएको छ,सोही अनुसार काम अघि बढाइनेछ´ सरोकारवालाको भेलाले कार्य योजना नै बनाएर काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ ।


सिरीसे पुल गत निर्वाचनमा दलहरुको चुनावी भाषणको विषय बनेको थियो । निर्वाचित भए लगत्तै सिरीसेमा आयोजित एक कार्यक्रममा ओखलढुंगा र रामेछापका प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरुले तत्काल काम अघि बढाएर समयमै पुल निर्माण सम्पन्न गराउने प्रतिवद्धता जनाएका थिए । सपथ ग्रहण नगर्दै देखि दबाबमूलक शैलीमा प्रस्तुत भएका सांसदहरुको पहलमा पुल निर्माणको कामले गति लिने भएको हो ।


दुई वर्षमा पुल निर्माण सक्ने गरि सम्झौता गरेर २०६८ सालमा काम सुरु गरिएको सिरीसे पुल निर्माणको काम आधा पनि भएको छैन ।निर्माण सुरु भएको ६ वर्षमा पुलको जग मात्रै उठेको छ । स्टिल ट्रसको काम र पुलसम्म पुग्ने सडकको निर्माणको प्रारम्भिक चरणको काम पनि बाँकी नै छ । निर्माण कार्यमा ढिलाइ भएपछि ओखलढुंगाका नागरिक बेचैन छन् । २ वर्षमा काम सक्नेगरि ६० मिटर लामो उक्त पुल बनाउन कन्काइ ओमबुद्ध जेभि नामको कम्पनीसँग २०६८ सालमा ५ करोड ८६ लाखमा सम्झौता भएको थियो । काम अघि नबढेपनि कमिसनको चक्करमा सरकारले सम्झौता भने थपिरहेको स्थानीयको आरोप छ । रामेछाप र ओखलढुंगाको सीमामा पर्ने लिखुनदीमा निर्माणाधिन पुल अधुरो भएपछि ओखलढुंगाका नागरिक सास्ती बेहोर्न बाध्य छन् ।

हिउँदमा लिखुमा हेलिएर बस ओखलढुंगाकाे पश्चिमी गाउँहरु सम्म पुग्छ । बस चढ्न बानी लागेका स्थानीय त्यही पुल नहुँदा वर्षायाममा रामेछापको धोवीसम्म पैदल हिड्न गर्न बाध्य हुन्छन् । बिरामी अस्पतालसम्म लैजान, बालबालिका र वृद्धवृद्धाको ओहोर दोहोरको पीडा सुनिसक्नुको छैन । ढुवानी समस्याले भूकम्प पछिको पुननिर्माण र विकास निर्माणका काम समेत त्यस क्षेत्रमा अघि बढ्न सकेको छैन ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने