२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

क्रान्तिकारी पत्रकार सगठनको अध्यक्षमा नेपाली निर्वाचित

१२ चैत्र २०७४, सोमबार १५:३५

चैत १२, अर्घाखाँची | वाक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तनका दोश्रो जिल्ला सम्मेलन  भन्ने मूल नाराका साथ क्रान्तिकारी पत्रकार सगठन जिल्ला समिति अर्घाखाँचीको दोश्रो जिल्ला सम्मेलन एक कार्यक्रमका बीच सन्धिखर्कमा सम्पन्न भएको छ । 

सम्मेलन क्रान्तिकारी पत्रकार सगठनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्विनी व्युरो प्रकाश डुम्रेको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी खेम घर्ती जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेल पत्रकार महासंघका अध्यक्ष हिम ब जि.सी लेकाली प्रेस चौतारीका जिल्ला सचिब अर्जुन मुसाल  प्रेस सेन्टर नेपालका अध्यक्ष गणेश खनाल प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम घिमिरे पर्यटन पत्रकार  सगठनका ५ प्रदेश संयोजक जितेन्द्र खत्री नवलपरासी अध्यक्ष शिव डुम्रेको आतिथ्यतामा सम्पन्न भएको थियो । 

सम्मेलनको उद्घाटन  गर्दै प्रमुख अथिति प्रकाश डुमेले आस्थाकै आघारमा पत्रकार माथि घोर पकड गर्नु दुखद भएको बताउनु भएको थिए । पत्रकारले राजनितिक लिडरको मात्र समाचार नलेखेर गरिब निमुखा जनताको पनि सामाचार लेख्नका लागि आग्रह समेत गरेका थिए । 


जनपक्षीय पत्रकारितामा कलम चलाउन जोड दिएका छन । उनले पत्रकारलाई हेर्न दृष्टिकोण फेर्न सरकार सग अनुरोध समेत गरे । एकअर्को प्रशगँमा बोल्दै डुम्रेले नेपाली पत्रकारिता जगत बदनाम बन्दै गएको भन्दै पेशागत मर्यादामा बस्न समेत अनुरोध समेत गरेका थिए । कार्यक्रममा यसरी मन्तब्य राख्नेमा जिल्ला सेक्रेटरी खेम घर्ती मगर जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेल  पत्रकार महासंघका अध्यक्ष हिम ब जि.सी लेकाली प्रेस चौतारीका जिल्ला सचिब अर्जुन मुसाल  प्रेस सेन्टर नेपालका अध्यक्ष गणेश खनाल प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम घिमिरे पर्यटन पत्रकार  सगठनका ५ प्रदेश संयोजक जितेन्द्र खत्री नवलपरासी अध्यक्ष शिव डुम्रे अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कुलराज बन्जाडे  लगायतले मन्तब्य राख्दै नेपालका पत्रकार माथि राज्यले फरक विचार फरक आस्था राखेको भरमा पत्रकार माथि दमन गर्नु दुखद भएको बताउदै अब राज्यले पत्रकारमाथिको दमन रोक्नुपर्ने बताउनुभएको थियो । 

सम्मेलनले अनिल नेपालीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ जिल्ला समितिको गठन गरेको छ ।  जसको सचिब मा अकित जि.सी कोषाध्यक्षमा सुरज सुरेन्द्र सुनार रहेको जिल्ला तदर्थ समितिको गठन गरेको छ । कार्यक्रम अनिल नेपालीको अध्यक्षता र पत्रकार विष्णु राउतको सञ्चालन पत्रकार सुरज सुरेन्द्रको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता