२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश ४ का मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीको सेवा सुविधा, कसको कति ?

२०७४, १२ चैत्र सोमबार १६:११

वासुदेव पौडेल/हरि वास्तोला | चैत १२, पोखरा (रासस) | प्रदेश नं ४ का मुख्यमन्त्री, मन्त्रीसहित प्रदेशसभाका पदाधिकारी तथा सदस्य र स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक एवं सेवा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत भएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रदेशसभामा टेबुल गर्नुभयो । 

प्रस्तुत विधेयकअनुसार मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीका लागि मासिक पारिश्रमिक स्वरुप क्रमशः रु ६० हजार ९७०, ५२ हजार, ४९ हजार र ४७ हजार प्रस्ताव गरिएको छ । उहाँहरुका लागि आवास सुविधाको व्यवस्थाको प्रस्तावसमेत प्रस्तुत विधेयकमा गरिएको छ । 

अतिथि सत्कारका लागि मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले क्रमशः रु ४० हजार, १५ हजार र १०÷१० हजार पाउने व्यवस्था गरिएको छ भने सञ्चार सुविधाअन्तर्गत क्रमशः रु पाँच हजार र दुई÷दुई हजार दिने व्यवस्था विधेयकमा उल्लेख छ । 

यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखलाई मासिक पारिश्रमिक स्वरुप क्रमशः रु ५३ हजार र ५० हजार व्यवस्था गरिएको छ भने विपक्षी दलको नेतालाई उपसभामुख बराबरको हैसियतमा तलब सुविधा दिने उल्लेख छ । सभामुख र उपसभामुखलाई आवास उपलब्ध गराइने छ भने समितिका सभापति, दलका सचेतक र सदस्यका लागि आवासस्वरुप रु १५ हजार उपलब्ध गराउने प्रस्ताव गरिएको छ । 

विधेयकमा दलका सचेतकलाई मासिक पारिश्रमिक स्वरुप रु ४७ हजार र समितिका सभापतिलाई रु ४९ हजार तय गरिएको छ । प्रदेशका सांसदहरूलाई पारिश्रमिक स्वरुप रु ४५ हजार तलब र बैठक भत्ता स्वरुप प्रत्येक दिन रु ७५० निर्धारण गरिएको छ । 

त्यस्तै स्थानीय तहका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा बनेको विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको मासिक सुविधा रु ४० हजार र उपप्रमुखका लागि रु ३० हजार निर्धारण गरिएको छ । सदस्यहरूलाई सुविधा स्वरुप रु आठ हजार निर्धारण गरिएको छ । 

महानगरपालिकाका प्रमुखलाई मासिक सुविधा रु ४५ हजार र उपप्रमुखका लागि रु ४० हजार निर्धारण गरिएको छ भने वडाध्यक्षलाई रु २५ हजार दिइने उल्लेख छ । त्यस्तै यहाँका वडा सदस्य र महानगरसभाका सदस्यका लागि रु आठ हजार सुविधा सो विधेयकमा प्रस्ताव गरिएको छ । 

महानगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षका लागि प्रतिमहिना मासिक सञ्चार सुविधाअन्तर्गत क्रमशः रु तीन हजार, एक हजार पाँच सय र एक हजार प्रस्ताव गरिएको उक्त विधेयकमा नगरपालिकाका प्रमुखका लागि मासिक रु ३५ हजार र उपप्रमुखलाई रु ३० हजार सुविधा दिइने व्यवस्था गरिएको छ । वडाध्यक्षलाई रु २० हजार र सदस्यलाई रु सात हजार सुविधा प्रदान गरिने विधेयकमा प्रस्ताव गरिएको छ । 

त्यस्तै मासिक सुविधाअन्तर्गत गाउँपालिकाका अध्यक्षलाई रु ३१ हजार, उपाध्यक्षलाई रु २६ हजार र वडा अध्यक्षलाई रु १८ हजार प्रस्तव गरिएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षले सञ्चार सुविधाअन्तर्गत प्रतिमहिना क्रमशः रु एक हजार पाँच सय, एक हजार र आठ सय पाउने छन् । गाउँकार्यपालिका सदस्य एवं सभाका सदस्यलाई सुविधा स्वरुप छ÷छ हजार प्रस्ताव गरिएको छ । 

प्रस्तुत विधेयक प्रदेशसभाबाट पारित भई प्रमाणीकरण भएपश्चात मात्र प्रदेश एवं स्थानीय तहका पदाधिकारीलाई पारिश्रमिक एवं सेवा सुविधाका लागि बाटो खुल्ने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी