2026-10-15 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली प्रदेशलाई थोत्रा गाडी !

हेमन्त के सी | चैत १४, सुर्खेत (रासस) | कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । 

केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ । 

उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ । ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, अगाडिको सीसा फुटेको, ब्याक लाइट नभएका गाडीहरु केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठाउँदा समस्या मात्र भएको हो । 

केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी उपलव्ध गराएको छ । केन्द्रबाट आएका अधिकांश गाडीको अवस्था हेर्दा समस्यै समस्याले गाँजिएको मात्र छ । दुईवटा गाडी पनि चल्ने अवस्थामा नरहेको बताइन्छ । केन्द्रबाट आएको बा १ झ ९१८८ नम्वरको स्कार्पियो र बा १ झ ३८६९ नम्वरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ । स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा बिभागबाट पठाएको बा १ झ ३८६९ नम्बरको अर्को गाडी चलाउने अवस्थामा नरहेको पाईएको छ । गाडीको किसिम शीर्षकमा लेखिएको छ, चालु अवस्थामा नरहेको, मर्मत गर्नुपर्ने । 

गाडीको व्यवस्थापन गर्नै गाह्रो 

केन्द्रले बिग्रीएका र थोत्रा गाडी मात्र पठाएपछि कर्णाली प्रदेश सरकारलाई गाडीको व्यवस्थापन गर्न समस्या भएको छ । १५ वटा गाडी पठाएको जानकारी आएपनि ३ वटा अझै यहाँ आई नपुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत युवराज न्यौपानेले बताउनुभयो । 

पन्ध्र गाडी पठाउने जानकारी आएपनि तीनवटा गाडी अहिलेसम्म आईनपुगेको उहाँले बताउनुभयोे । आएकामध्ये पनि दुईवटा बिग्रीएकाले व्यस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । कर्णाली प्रदेशमा अहिले व्यवस्थापनका लागि ३४ वटा गाडी चाहिएको छ । तर केन्द्रले नदिएका कारण प्रदेश सभाका चारवटा विभिन्न समितिका सभापति, विपक्ष दलका नेता, दलका सचेतक, संसदीय दलका नेताहरुलाई समेत सरकारले गाडी उपलव्ध गराउन सकेको छैन । 

त्यस्तै, प्रदेशसभा सचिवालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई समेत गाडी छैन । प्रदेश सरकारका कतिपय मन्त्री र सचिवलाई जिल्ला तथा क्षेत्रीय कार्यालयसँग समन्वय गरेर गाडीको जोहो गरिएको छ । अस्थायी रुपमा गरिएको व्यवस्थाले दिर्घकालीन समाधान निकाल्न नसकिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा