2026-09-19 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६१ औ राष्ट्रिय सहकारी दिबसको तयारी पुरा

कमल सुबेदी | चैत्र १६, पोखरा  | “दिगो बिकाश लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ कास्कीमा  मनाउन लागिएको  ६१ औ राष्ट्रिय सहकारी दिबसको तयारी पुरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानाकारी दिइएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि  राष्ट्रिय सहकारी दिबस मनाउन बिभिन्न समितिहरु गठन गरिएको ६१ औ राष्ट्रिय सहकारी दिबस मुल आयोजक समितिका कास्कीका अध्यक्ष एबम् जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिबारीले  बताए । २०१३ साल चैत्र २० गते नेपालमा सहकारी स्थापना भएको दिनलाइ स्मरण गर्दैै  प्रत्येक बर्ष सहकारी दिबस मनाउदै आइरहेको तिवारीले जानाकारी दिए । कार्यक्रमलाइ सफल बनाउन ७२१ सदस्यीय मुल आयोजक समिति ,२१ सदस्यीय सचिबालय सदस्य र ११ वटा उप समिति बनाइ ५ दिन सम्मको कार्यक्रम गरिने अध्यक्ष तिबारीले बताए ।

दिबसको अबसर पारेर ५ दिनको कार्यक्रम अन्र्तगत  चैत्र १६ गते पत्रकार सम्मेलन ,१७ गते प्रचार प्रसार, १८ गते बृहत रक्तदान कार्यक्रम,१९ गते सरसफाइ ,२० गते प्रभात फेरि ¥याली ,सहकारी सभा र साझ दिप प्रजलनको कार्यक्रम रहेको आयोजकले जानाकारी दिएको छ  । पत्रकार सम्मेलनमा बोल्दै नेप्स्कुन प्रदेश न ४ का संयोजक भिम गुरुङ्गले सहकारीले उत्पादनमुखी र जनजिविकाको सरोकार सँग जोडिएका हरेक कुराको लागि सदैब काम गरेको बताउदै सहकारी   मैत्री कानुन बन्नुपर्नेमा जोड दिए ।  एैले कानुन निर्माण को चरणमा रहेकोले सहकारी मैत्री कानुन निर्माणमा दबाब दिन पनि  यो कार्यक्रम उर्पयुक्त भएको बताए । हाल कास्कीमा ६२९ सहकारी दर्ता भइ कारोबार गर्दै आइरहेका छन् ।  कार्यक्रम को संचालन  जिल्ला सहकारी संघ कास्कीका सचिब धर्मराज अर्यालले संचालन गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो