४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साउनदेखि स्थानीय तहमा एकीकृत सम्पत्ति कर कार्यान्वयनमा आउने

१९ चैत्र २०७४, सोमबार १८:०९

चैत १९, काठमाडौँ (रासस) | आगामी साउन १ गतेदेखि मालपोतलगायत सम्पत्तिसम्बन्धी कर स्थानीय तहले उठाउने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थाले आगामी आवदेखि स्थानीय तहले एकीकृत सम्पत्ति करलाई नै कार्यान्वयनमा ल्याउनुपर्ने जनाइएको छ । अब स्थानीय तहमा ‘सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०७४’ कार्यान्वयनमा आएसँगै स्थानीय तहले नै कर निर्धारणको अधिकार प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । यसबाट स्थानीय तहको आम्दानी बढ्ने निश्चित भएको छ । 


कार्यविधिमा सम्पत्ति मूल्यांकन समिति गठन, सम्पत्तिको विवरण संकलन, मूल्यांकन प्रक्रिया, कर निर्धारण, कर असुली, दण्ड र पुरस्कारसम्बन्धी व्यवस्था उल्लेख छ । सम्पूर्ण स्थानीय तहलाई कार्यविधिको अविलम्ब कार्यान्वयन गर्न मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ । 

विगतमा एकीकृत सम्पत्ति कर र घरजग्गा करमध्ये कुनै एक कर लगाउन पाउने कानूनी व्यवस्था रहेका कारण काठमाडौँ उपत्यकाका नगरपालिका, विराटनगर तथा मध्यतराईका केही नगरपालिकाबाहेक ४८ नगरपालिकामा मात्र एकीकृत सम्पत्ति कर कार्यान्वयनमा आएको र काठमाडौँलगायत १० नगरपालिकामा घर जग्गा कर कार्यान्वयनमा रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता