३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीमा हिरा छ कालीगढ छैनन्: मन्त्री भण्डारी

२१ चैत्र २०७४, बुधबार ०६:२०

नन्द बहादुर रोकाया/चैत २१ मुगु | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा हिरा भएको तर कालीगढ नभएकाले समस्या भएको बताउनुभएको छ । रारा कर्णाली पर्यटन वर्ष २०७५को तयारीका लागि रारा पुग्नुभएका मन्त्री भण्डारीले राराताल जस्ता धेरै हिरा कर्णाली प्रदेशमा रहेका तर संरक्षण प्रचार प्रसार गर्नको लागि कालीगढ नभएकाले ओझेलमा परेका बताउनुभयो ।


मन्त्री रारा महोत्सव मात्र नभई रारा कर्णाली पर्यटन वर्ष २०७५को शुभारम्भ रारा तालबाट गरिने र यो पर्यटन वर्ष २०७५ सालभरी नै विभिन्न कार्यक्रम गरी मनाईने जानकारी समेत गराउनुभयो ।

मुगुवासीले पर्यटन वर्षमा स्थानीय उत्पादनलाई कोसेलीको रुपमा पर्यटकलाई उपलब्ध गराउनु पर्ने कृषि तथा शहकारी मन्त्री विमला केसीले बताउनुभयो ।

वन तथा पर्यटन उद्योग मन्त्री नन्दसिंह बुढाले कर्णालीको गरिबी र भोकमरीलाई न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आयश्रोत वृद्धि गर्न प्रदेश सरकारले २०७५ साल भरि रारामा पर्यटन वर्ष मनाउने निर्णय गरेको बताउनुभयो । रारा–कर्णाली पर्यटन वर्षमा कम्तीमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाई छ ।

रारामा फ्रि वाई फाई 

नेपालकै सबै भन्दा ठुलो ताल रारामा आउदौ बैशाख १ गते रारा कर्णाली पर्यटन बर्ष २०७५को शुभारम्भ संगै रारामा फ्रि वाई फाइ को सेवा जडान गरीने भएको छ । रारा आउने आन्तरिक तथा बाह्य पर्यटक लाई मध्यनजर गदै रारा ताल वरपर फ्रि वाई फाई ब्याबस्था गरीने भएको हो । 

रारा कर्णाली पर्यटन बर्ष २०७५ को पुर्व तयारीका लागि मुगु आई पुग्नु भएका आन्तरिक मामिला तथा कानुन(गृह) मन्त्री नरेश भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सरकारका प्रवक्ता, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले यस्तो बताउनुभयो ।

रारा आउने पर्यटकले रारा तालको छेउमा बसी देश बिदेशमा राराको वर्णन संगै रारामा आउदाँ मनोरञ्जनका लागी फ्रि वाई फाईको ब्याबस्था गरीने मन्त्रीहरुले बताउनुभयो । भु स्वर्ग जस्तो रारामा आउने पर्यटक लाई रारा तालको छेउमा बसेर पर्यटकलाई सुचना प्रबिधिमा पहुच पुर्याउन उनिहरुलाई अभ्यस्त बनाउन रारा थाल वरिपरी निःशुल्क वाई फाईको ब्याबस्था गरीने आन्तरिक मामिला तथा कानुन(गृह) मन्त्री नरेश भण्डारीको भनाई छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली