४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल, पाइपलाइनबाटै आउने भयो नेपालमा तेल

२४ चैत्र २०७४, शनिबार १५:५२

चैत २४, काठमाडौँ | तीन दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच आज महत्वपूर्ण सहमतिहरु भएका छन् । जसमध्य मुख्य सम्झौता रेल मानिएको छ । भारतले आफ्नै लगानीमा वीरगन्जस्थित रक्सौल नाका हुँदै काठमाडौँसम्म विद्‍युतीय रेल बनाउने कुरामा सहमति जनाएको हो ।

सहमतिमा काठमाडौँसम्म विद्युतीय रेल लाइन निर्माण गर्नेमा हस्ताक्षर भएको छ । नेपालमा रेललाइन बिस्तारसम्बन्धी दुई देशबीचको संयुक्त विज्ञप्तीमा भारतीय आर्थिक सहयोगमै नेपालको राजधानीसम्म रेललाइन विस्तार गर्ने उल्लेख गरिएको छ । नेपाल-भारत संयुक्त सहमतिमा रेल लाइन निर्माणका लागि भारतले आर्थिक सहयोग गर्नेछ भने रेल लाइनको सर्भे भारत सरकारले नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्रमा पुरा गर्ने उल्लेख छ । 

सर्भे पुरा भएपछि दुई देशबीच यो रेल लाइनमा गरिने लगानीको मोडालिटी र परियोजना प्रतिवेदन तयार गरिने भएको छ । 

त्यस्तै सहमतिमा लिखित तीन सम्झौताबाहेक ओलीको भारत भ्रमणमा भएको अर्को काम मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको संयुक्त उदघाटन भएको छ । ओली र मोदी दुबैले गरेको यो पाइपलाइनको शिलान्यासको विषयलाई १२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी वीरगञ्जमा भारतले बनाएको एकीकृत भन्सार जाँच चौकी मोदीले औपचारिकरुपमा नेपाललाई हस्तान्तरण गरेका छन्, जुन ओलीको भारत भ्रमणको अर्को उपलब्धि हो ।

त्यस्तै प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा जलमार्गबाट सामान ओसार-पसार गर्ने सम्झौता पनि महत्वपूर्ण रुपमा हेरिएको छ । यही सम्झौतालाई लक्षित गर्दै भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश सागरसँग जोडिएको बताएका छन् ।

समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउने बताउँदै आएका प्रधानमन्त्री ओलीको सपनालाई साकार पार्नका लागि भारत सैद्धान्तिकरुपमा सहमत देखिएको छ । 

- फोटो गुगलबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता