२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल, पाइपलाइनबाटै आउने भयो नेपालमा तेल

२०७४, २४ चैत्र शनिबार १५:५२

चैत २४, काठमाडौँ | तीन दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच आज महत्वपूर्ण सहमतिहरु भएका छन् । जसमध्य मुख्य सम्झौता रेल मानिएको छ । भारतले आफ्नै लगानीमा वीरगन्जस्थित रक्सौल नाका हुँदै काठमाडौँसम्म विद्‍युतीय रेल बनाउने कुरामा सहमति जनाएको हो ।

सहमतिमा काठमाडौँसम्म विद्युतीय रेल लाइन निर्माण गर्नेमा हस्ताक्षर भएको छ । नेपालमा रेललाइन बिस्तारसम्बन्धी दुई देशबीचको संयुक्त विज्ञप्तीमा भारतीय आर्थिक सहयोगमै नेपालको राजधानीसम्म रेललाइन विस्तार गर्ने उल्लेख गरिएको छ । नेपाल-भारत संयुक्त सहमतिमा रेल लाइन निर्माणका लागि भारतले आर्थिक सहयोग गर्नेछ भने रेल लाइनको सर्भे भारत सरकारले नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्रमा पुरा गर्ने उल्लेख छ । 

सर्भे पुरा भएपछि दुई देशबीच यो रेल लाइनमा गरिने लगानीको मोडालिटी र परियोजना प्रतिवेदन तयार गरिने भएको छ । 

त्यस्तै सहमतिमा लिखित तीन सम्झौताबाहेक ओलीको भारत भ्रमणमा भएको अर्को काम मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको संयुक्त उदघाटन भएको छ । ओली र मोदी दुबैले गरेको यो पाइपलाइनको शिलान्यासको विषयलाई १२ बुँदे संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी वीरगञ्जमा भारतले बनाएको एकीकृत भन्सार जाँच चौकी मोदीले औपचारिकरुपमा नेपाललाई हस्तान्तरण गरेका छन्, जुन ओलीको भारत भ्रमणको अर्को उपलब्धि हो ।

त्यस्तै प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा जलमार्गबाट सामान ओसार-पसार गर्ने सम्झौता पनि महत्वपूर्ण रुपमा हेरिएको छ । यही सम्झौतालाई लक्षित गर्दै भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश सागरसँग जोडिएको बताएका छन् ।

समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउने बताउँदै आएका प्रधानमन्त्री ओलीको सपनालाई साकार पार्नका लागि भारत सैद्धान्तिकरुपमा सहमत देखिएको छ । 

- फोटो गुगलबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो