2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टीकापुरलाई व्यवस्थित शहर बनाउन माग

चैत २७, धनगढी (रासस) | टीकापुर नगरलाई योजनाबद्ध ढंगले व्यवस्थित शहर एवं पर्यटकीय आवास क्षेत्रका रुपमा विकास गर्नुपर्ने मागसहित ११ बँुदे घोषणापत्र जारी गर्दै नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनको राष्ट्रिय परिषद् बैठक टीकापुरमा सकिएको छ । 

चैत २४ र २५ गते दुई दिनसम्म भएको बैठकपछि जारी गरिएको घोषणापत्रमा सरकारी निकायमा ब्याप्त भ्रष्टाचारको भत्र्सना गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कार्यान्वयन गर्नुपर्ने, सम्पत्तिको भोगचलन र खरिद बिक्री गर्न पाउने संवैधानिक हकलाई प्रभावित तुल्याउने गरी सरकारले जग्गाको कित्ताकाटमा रोक लगाउने गरी गरेको निर्णय तत्काल फिर्ता गर्न माग गरिएको छ । 

त्यस्तै, कतिपय जिल्लामा अर्धन्यायिक निकायमा लेखापढी गर्ने व्यवसायीलाई प्रवेशमा रोक लगाउने गरी भएका निर्णय तत्काल फिर्ता गराई यस्ता गतिविधि निस्तेज गर्नुपर्ने, कानूनी व्यवसायी परिषद् ऐन २०५०, लेखापढी व्यवसायीसम्बन्धी नियमावली २०५१ द्वारा व्यवस्थित लेखापढी व्यवसायीको कानूनी अस्तित्वमाथि असर पर्ने र पार्ने कुनै पनि निर्णय तथा गतिविधि नगर्न नगराउन माग गरिएको छ । 

परिषद्ले भूमिसम्बन्धी ऐन २०२१ मा रहेको जग्गाको हदबन्दीसम्बन्धी कानूनी व्यवस्थालाई सशक्तरुपले कार्यान्वयन गर्न गराउन, र बिर्ता, गुठी, रैकरलगायतका जग्गा दर्ता प्रक्रियालाई निरन्तररुपले खुला गराई आफ्नो सम्पत्तिको निर्वाध हक, भोग, चलन गर्न पाउने नागरिकका अधिकारको प्रत्याभूति दिलाउन जोडदार माग गरेको छ । 

बैठकले पूँजीगत लाभकर असुली प्रक्रियामा रहेको अस्पष्टता र अहसजतालाई तत्काल अन्त्य गरी व्यवस्थित गर्न, धेरै जिल्लामा लागू भइसकेको र केही जिल्लामा लागू हुने प्रक्रियामा रहेको ‘अनलाइन’ सेवालाई व्यवस्थित एवं छिटोछरितो रुपले सञ्चालन गर्नका लागि अनिवार्यरुपमा लेखापढी व्यवसायलाई सेवा केन्द्र सञ्ंचालन गर्न दिने व्यवस्था गर्नुपर्ने समेत माग गरेको छ । 

एशोसिएशनका महासचिव कृष्णप्रसाद दाहालले संशोधनको प्रक्रियामा रहेको लेखापढी व्यवसायीसम्बन्धी नियमावली २०५१ लाई तत्काल संशोधन गर्न सम्बन्धित निकायसँग माग गर्ने, मालपोत, नापीलगायतका कार्यालयलाई स्थानीय तहमा समायोजन गर्ने प्रक्रियालाई अगाडि नबढाउन माग गरिएको जानकारी दिनुभयो । 

नेपालका केही हिमाली जिल्लाबाहेक सबै जिल्लामा संगठित रहेको नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनमा देशभर झण्डै २० हजार व्यवसायी आबद्ध रहेको एशोशिएसनका अध्यक्ष सीताराम दाहालले बताउनुभयो । बैठकमा देशभरिका करिब ५०० प्रतिनिधि सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ