२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकतामा कुनै द्विविधा छैन: महासचिव पोखरेल

२७ चैत्र २०७४, मंगलवार १२:०५

चैत २७ पोखरा | नेकपा (एमाले)का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताउनुभएको छ । 

एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताउनुभयो । 

एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उहाँले पार्टी एकता कुनै लहडका आधारमा नभई मुलुकको आवश्यकताका आधारमा हुन लागेको र यसलाई जनताले अनुमोदन गरिसकेको धारणा राख्नुभयो । 

केन्द्रीय सरकारले केही दिनभित्रै नीति, कार्यक्रम तथा योजना प्रस्तुत गर्ने मन्त्री पोखरेलले जानकारी दिनुभयो । 

नेपालको संविधान गतिशील भएको चर्चा गर्दै उहाँले राष्ट्रिय हित एवं सामाजिक सद्भाव एवं आवश्यकताका आधारमा यसलाई संशोधन गर्न सकिने उल्लेख गर्नुभयो । 

एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं प्रमुख सचेतक खगराज अधिकारीले जनप्रतिनिधिले शासकका रुपमा नभई सेवकका रुपमा जनताको काम गर्नुपर्ने बताउनुभयो । 

समृद्धि र विकासका लागि उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसैका माध्यमबाट रोजगारीको सिर्जना गरिनुपर्ने र समान कामको समान ज्याला हुने व्यवस्थाको सुनिश्चितता आवश्यकता औँल्याउनुभयो । 

पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयले घोषणा गरेका १०० दिनका कार्यक्रममध्ये लगभग २७ प्रतिशतअघि बढिसकेको जानकारी दिनुभयो । 

सडक पूर्वाधारले नछोएका गाउँपालिकामा यथासम्भव विमानस्थल र त्यो पनि नभएमा हेलीप्याड स्थापना गरी जनताको सुविधाका साथै पर्यटकलाई उक्त गाउँमा पुर्याउन सकिने धारणा राख्नुभयो । 

एमाले कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले जनप्रतिनिधि र पार्टीबीच समन्वय गरी निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा एमाले कास्कीका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, सचिव दामोदर बैरागीलगायतले पार्टी र निर्वाचित जनप्रतिनिधिका गतिविधिबारे प्रकाश पार्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की