पढ्न करिब 1 मिनेट लाग्छ

मेलम्ची, २९ चैत | बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ ।

आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु' भएको घोषणा गर्नुभएको हो ।

सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थु्र भएको हो ।

ब्रेक थु्र भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि उपस्थिति हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीवासीलाई हिमालको काखमा रहेको स्वच्छ खानेपानी दशैँअघि नै उपलब्ध गराउने बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरुप काम अगाडि बढेमा अबको चार महिनाभित्र आउँदो भदौसम्ममा सुन्दरीजलमा पानी खसाल्ने बताउनुभयो ।

देवकोटाका अनुसार २७.५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३.५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ ।

सुरुङ छिचोलिएर मात्रै काठमाडौँमा पानी जाने होइन सुरुङभित्रको ढलान प्लास्टरलगायतका अन्य फिनिसिङका कार्य गर्न बाँकी रहेको छ र यसले केही समय लिन्छ ।

सुरुङमा पानी पठाउन मुख्य प्रवेशद्वार अम्बाथानमा निर्माण गर्नुपर्ने हेडबक्सको कार्य अझै बाँकी रहेको बताइएको छ । रासस