2026-09-15 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

व्यवसायमुखी शिक्षानिती बनाउन पहल गर्ने: मुख्य मन्त्री भट्ट

लोकेश अधिकारी/चैत्र ३० धनगढी | मुख्यमन्त्रीको सचिवालय, धनगढी ७ नम्बर प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेशको शिक्षा निती व्यवसायमुखी वनाउन आफुले बिशेष पहल गर्ने बताउनु भएको छ ।

नेपालको शैक्षिक निती व्यवसायीमुखि नभएकै कारण बेरोगारीको समस्या सुल्झन नसकेको बताउदै मुख्य मन्त्री भट्टले रोजगार गर्नलाई मात्र पढ्नुपर्छ भन्ने मान्यता सहि नभएको औल्याउनुभयो । 

आज प्रदेश ७ कै पुरानो मध्यको एक कैलाली बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवको समापन समारोहमा बोल्दै उहाँले गरिव र निमुखा समुदायलाई पनि उच्च शिक्षाको पहुचमा पुर्याउन प्रदेश सरकार लागि पर्नेमा जोड दिनुभयो । प्रदेशको चमत्कारी विकास ५ वर्षमै गर्न नसकिए पनि सहि विधि र पद्धति स्थापितगर्न आफु अहोरात्र लागि पर्ने र यस अभियानमा ७ नम्वर प्रदेशवासिको पनि पुर्ण सहयोग रहने मुख्यमन्त्री भट्टको विश्वास छ ।

प्रदेशका सबै तह र तप्काका विद्यार्थीहरुको सहज पहुँचमा रहेको कैलाली क्याम्पसको स्तरोन्नतीका लागि प्रदेश सरकार कटिवद्ध रहने उहाँले बताउनुभयो । 

यस्तै समारोहमा बोल्दै सामाजिक विकास मन्त्रीदिर्घ सोडारीले सुदुर पश्चिम विश्वविद्यालय प्रदेश सरकारको मताहतमा ल्याउन पहल भइरहेको बताउनुभयो ।

टोलटोलमा क्याम्पस संचालन गर्ने प्रबृति ठिक नभएको बताउदै उहाँले क्याम्पस मर्जको नितील्यायर व्यवस्थित क्याम्पस वनाउन सामाजिक विकास मन्त्रायललागि परेको जानकारी दिनुभयो ।

आफ्नो ३८ औं वार्षिकोत्सव समारोहको समापन शत्रमा क्याम्पसले क्याम्पसमा लामो समय अध्यापन गराएका प्रध्यापकहरुलाई सम्मान समेत गरेको छ ।

सामुदायिक क्याम्पसहरुमा कैलाली बहुमुखी क्याम्पस देशकै नमुना क्याम्पस मानिन्छ । २०७४ सालमा देशकै उत्कृष्ट क्याम्पसको रुपमा यो क्याम्पस पुरस्किृत समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ