प्रभात सुवेदी । चैत्र ३०, बर्दिया ।

नेपालमा पहिलो पटक सरकारी स्तरबाट हुन लागेको आर्थिक गणना अन्तर्गत आम नागरिक तथा सम्बद्ध निकाय तथा विभिन्न प्रतिष्ठानहरुलाई आफ्ना आर्थिक क्रियाकलापहरुको सत्यतथ्य तथ्याङ्क दिनका लागि अनुर"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत्र ३०, बर्दिया ।

नेपालमा पहिलो पटक सरकारी स्तरबाट हुन लागेको आर्थिक गणना अन्तर्गत आम नागरिक तथा सम्बद्ध निकाय तथा विभिन्न प्रतिष्ठानहरुलाई आफ्ना आर्थिक क्रियाकलापहरुको सत्यतथ्य तथ्याङ्क दिनका लागि अनुर"/>

२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नडराइकन दिनुस् !

२०७४, ३० चैत्र शुक्रबार १५:२३

प्रभात सुवेदी । चैत्र ३०, बर्दिया ।

नेपालमा पहिलो पटक सरकारी स्तरबाट हुन लागेको आर्थिक गणना अन्तर्गत आम नागरिक तथा सम्बद्ध निकाय तथा विभिन्न प्रतिष्ठानहरुलाई आफ्ना आर्थिक क्रियाकलापहरुको सत्यतथ्य तथ्याङ्क दिनका लागि अनुरोध गरिएको छ ।


नयाँ वर्ष २०७५ सँगै बैशाख १ गतेदेखि शुरु हुन लागेको राष्ट्रव्यापी आर्थिक गणना कार्यक्रमलाई सफल पार्नका लागि जिल्ला आर्थिक गणना कार्यालय बर्दियाले आज जिल्ला समन्वय समति बर्दियाको सभाहलमा आयोजना गरेको जिल्लास्तरीय सचेतनामूलक कार्यक्रममा सहभागी वक्ताहरुले यो कुरामा जोड दिएका थिए ।

जिल्ला समन्वय समितिका उपाध्यक्ष मान बहादुर विष्टको प्रमुख आतित्थ्यता तथा आर्थिक गणना समन्वय समितिका जिल्ला अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकृत नन्दलाल कुर्मी ले नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका विषयमा जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रका सन्दर्भमा उपस्थित व्यक्तित्वहरुबाट विभिन्न जिज्ञासाहरु राखिएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिनाले  यो राष्ट्रिय कार्यक्रम भएकोले पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभएको थियो भने बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले देशको आर्थिक योजना निर्माणका लगि आर्थिक गणना महत्वपूर्ण हुने भएकोले सबैले सत्य तथ्य विवरण दिनुपर्नेमा जोड दिनुभएको थियो । 

यसैगरी नेकपा एमाले जिल्ला अध्यक्ष हरि ज्ञवालीले अब स्थानीय सरकार बनेर गाउँ गाउँमा अधिकार पुगिसकेकाले यस कार्यका लागि स्थानीय स्तरमा नै समन्वय गरेर गणक, सुपेरिवेक्षक तथा अन्य सम्बद्ध कर्मचारीहरुले इमान्दारी तथा जिम्मेवारी भएर काम गर्नु पर्ने बताउनुभयो ।

 

यसैगरी प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपाध्यक्ष मान बहादुर विष्टले यस प्रकारका कार्यक्रमहरुमा स्थानीय निकायहरु र जिल्ला समन्वय समितिसँग दरिलो रुपमा समन्वय गरेर गरेमा सफल हुने कुरा बताउनुभयो । 

यसैगरी सभाध्यक्ष, प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष नारायण प्रसाद भट्टराईले आर्थिक गणनाका हरेक तत्थ्यहरु एकमुष्ठ प्रशोधन भई सार्वजनिक हुने हुनाले यसबाट कुनै पनि व्यक्ति विशेषलाई असर नपर्ने र गोपनियता कायम हुने । यो कार्य कुनै कर प्रयोजनका लागि नभएर योजना र जनताकै पीर मर्काहरुको सम्बोधनका लागि भएको बताउनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला आर्थिक गणना कार्यालयका सुपेरिवेक्षक प्रेम बहादुर डाँगीले राख्नुभएको थियो ।

बर्दिया जिल्लामा आर्थिक गणना कार्यका लागि जिल्लाका ७५ ओटा वडाहरुमा ७४ जना गणकहरु खटाइसकिएको र सबै गणकहरु आवश्यक सम्पूर्ण संसाधनका साथ खटिइसकेको जानकारी गराइएको थियो ।  

कार्यक्रममा उद्योगी, व्यावसायी, शिक्षक, कर्मचारी, सञ्चारकर्मीहरु, जनप्रतिनिधीहरु, राजनैतिक व्यक्तित्वहरु, विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ