2026-09-08 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णाली प्रदेशको बैठक रारामा सडक र पर्यटनमा जोड दिईने

नन्द बहादुर रोकाया | चैत ३०, मुगु | आज रारामा बसेको कर्णाली प्रदेशको बैठककले सडक र पर्यटनमा जोड दिईने  निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले रारामा पुगेर गरेका निर्णय उत्साहजनक भएकाले प्रदेश सरकारले ईमान्दार भएर काम गर्न प्रधान मन्त्री केपी शर्मा वलीले कर्णाली प्रदेश सरकारलाई निर्देशन दिएका छन ।

कर्णाली प्रदेश सरकारले गरेका निर्णयको प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी वलीलाई जानकारी गराई सके पछि प्रधान मन्त्री वलीले प्रदेश सरकारले राम्रा निर्णय गरेको र योजना समेत त्यहि अनुसार निर्माण गरे केन्द्र सरकारले आर्थिक व्यवस्थापन जसरी पनि गर्न तयार हुने बताएका थिए ।

कर्णाली प्रदेश जल , जमिन , पर्यापर्यटन, धार्मिक पर्यटन लगायतका धेरै सम्भावना रहेकाले प्रदेश सरकारले पुरानो ढाँचामा नभई नयाँ ढाँचाले अगाढी बढ्नु पर्ने वलीको भनाई थियो । प्रदेश तथा समग्र क्षेत्रको विकासका लागि सुशासन, ईमान्दारिता तथा कर्मचारी संयन्त्रलाई चुस्त दुरुस्त राख्न पनि वलीले निर्देशन दिए ।  प्रधान मन्त्री वलीले शनिवार विहान रारा कर्णाली पर्यटन वर्ष २० ७५को उद्घाटन कार्यक्रममा राराबाटै देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ भने शनिवार नै शैक्षिक वर्ष २०७५को भर्ना अभियानको समेत उद्घाटन गर्ने छन । 

वेलुकी पौने छ बजेबाट रारा तालको किनारमा वसेको प्रदेश सरकारको बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा पर्यटकिय स्थलको पहिचान गरि तिनीहरुको प्रचार प्रसार गर्ने र प्रदेशको गुरुयोजना निर्माण गरि कर्णालीको समृद्धिको ढोका खोल्ने गरि आवश्यक पहल गर्न केन्द्र सरकारलाई जानकारी गराउने निर्णय गरेको थियो । 

त्यस्तै प्रदेश सरकारले नाग्म देखि रारासम्मको सडक कालो पत्रे गर्ने, हिल्सा, सुर्खेत देखि कोहलपुरसम्मको सडकलाई दुर्त मार्गको रुपमा विकास गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने , गमगढी नाक्चे लाग्ना सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखि निर्माण कार्यलाई तिब्र बढाउने गरि आवश्यक सहयोग गर्न अनुरोध समेत गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल