Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

७५ साल लाई विकास र समृद्धिको वर्ष गरी मनाईने प्रधान मन्त्री ओलीको भनाई

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्द  बहादुर रोकाया | वैशाख १, गमगढी | प्रधानमन्त्री केपी शर्मा वलीले ०७५ साललाई विकास र समृद्धिका वर्ष बनाउने गरि अभियान सञ्चालन गरिने बताएका छन् । कर्णाली रारा पर्यटन वर्ष ०७५ को सुभारम्व कार्यक्रमलाई शनिवार सोम्वोदन गर्दै प्रधान मन्त्री वलीले वर्तमान सरकार देश र जनताको लागि बनेकाले सकरात्मक रुपले अग्रगामी परिवर्तन गरि ०७५ साललाई सरकारले विकास र समृद्धिको प्रारम्भिक वर्षका रुपमा मनाउने बताएका हुन् ।

प्राकृतिक सम्पदा, जल स्रोत, कला संस्कृतिले कर्णाली प्रदेश भरिपुर्ण भएकाले यस प्रदेशलाई सरकारले नमुना प्रदेशका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको पनि प्रधान मन्त्री वलीले वताउनुभयो । रारालाई स्वच्छता, सुन्दरता र प्राकृतिक स्वरुप कायमै राख्ने, नाग्म देखि रारासम्मको बाटो स्तरोन्नती गर्ने, रारा वरीपोरीको पैदल बाटो सुधार गर्ने, मुगुमा रहेको छायानाथ धामलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकसित गर्ने पशुपालन, जडिबुटीको व्यवसायिक खेति, गाउँ ठाउँ अनुसार हावापानी हेरेर स्थानीय उत्पादनलाई जोड दिने र कर्णालीलाई देशकै पहिलो अर्गानिक प्रदेश बनाउने सरकारको लक्ष्य रहेको प्रधान मन्त्री वलीले जानकारी दिनुभयो ।

सरकारले हुम्लाको हिल्सा, मुगुको नाक्चे लाग्ना र डोल्पासंग जोडिएको तिब्बत नाका खुलाउने कार्य पहिलो प्राथामिकता दिने पनि प्रधानमन्त्री वलीको भनाई थियो ।यसै बिच  आजनै नयाँ शैक्षिक सत्र ०७५ का लागि विभिन्न विद्यालयका लागि विद्यालय जाने उमेर समुहका बालबालिकालाई भर्ना गरेर प्रधान मन्त्री वलीले विद्यालय भर्ना अभियान शुभारम्भ गरेका छन । मावि माँग्री, निमावि भारेकोट , मावि मुर्मा र निमावि कोटिलाका लागि प्रधानमन्त्री वलीले बालबालिकाको भर्ना गरि भर्ना अभियानको शुभारम्भ गरेका हुन । सो अवसरमा प्रधान मन्त्री ओलीले नेपालका हिन्दु शास्त्र सबै भन्दा पुराना लिखित दस्तावेज भएको प्रसंग जोड्दै विद्धान पुर्खाका निरक्षर सन्तान हुनै नसक्ने बताउनुभयो । वैशाख १ गते देखि भर्ना अभियान सुरु भएको तथा वैशाख पाँच गतेका दिन देशभर भर्ना दिवश मनाउने ओलीको भनाई थियो ।

गुणस्तरिय र प्राविधिक शिक्षाले मात्र देशको समृद्धि र विकास हुने भएकाले सबैले गुणस्तरिय शिक्षाका लागि जोड दिनु पर्ने उनले बताए । शिक्षा स्वास्थ्य तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान  नियमित कार्यक्रम भए पनि यसलाई राष्ट्रिय अभियान बनाईनु पर्ने उहाँले  बताउनुभयो ।  अवको दुई वर्ष भित्र सरकारले निरक्षरता उनगरि आफ्नो निती तथा कार्यक्रम बनाई रहेको पनि मन्त्री पोखरेलले बताउनुभयो ।