2026-07-27 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको छाया सरकार

वैशाख ८, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिपक्षको भुमिका शषक्त पार्न जिल्लाका ६ वटै पालिकामा छांया सरकारको गठन गरेको छ । 

कागज र कानुनमा ब्यबस्था परिवर्तन भएपनि मुलुकमा झुट र लुटको खेती मौलाउंदै गएको भन्दै त्यसलाई रोक्न आफुहरुले छांया सरकार गठन गरेर अगाडि बढ्न थालेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । आसन्न जेठ १२ र १३ गते सन्धिखर्कमा चौथो जिल्ला सम्मेलन गर्न लागेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज सन्धिखर्कमा सम्पन्न गरेको सम्मेलन तयारी भेलाले ६ वटै पालिकामा छांया सरकारको घोषणा गरेको हो । जस अन्तरगत सन्धिखर्कमा कल्पना पोख्रेल, भुमिकास्थानमा कविराम खनाल, सितगंगामा गोविन्द थापा, मालारानीमा नरेन्द्र बहादुर थापा, पाणिनीमा देवी प्रसाद भुसाल र छत्रदेवमा हरि न्यौपानेले छांया सरकारको नेतृत्व गरि स्थानिय तहबाट हुने बिकृति बिसंगतिको बिरुद्ध खबरदारी गर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ । 

राजमो जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता, उपाध्यक्ष पशुपती ढकालको स्वागत मन्तव्य र सचिव गोपाल पौडेलको संचालनमा सम्पन्न भेलामा राजमो प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी., नेता सागर के.सी., नेकपा मसाल अर्घाखाँची प्रवक्ता थम्मन के.सी. लगायतले मन्तव्य राख्दै मुलुकको राष्ट्रिय राजनितिमा राष्ट्रिय जनमोर्चाले लिएको निति सफल भएको दाबी गर्दै संघियता फेल भइसकेको र पूर्ण रुपमा खारेज हुने बताउनुभएको छ । 

जनता र राष्ट्रको हित बिपरित जर्बजस्ती लादिएको संघियता बिफल नभए देशले हार्ने भन्दै उहांहरुले राष्ट्रियताको रक्षा र संघियताको खारेजीको मुद्धालाई शषक्त रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला