१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

एमाले नेत्रीले गरीन्, अभिभावकत्व ग्रहण

१२ बैशाख २०७५, बुधबार ०३:१८

नन्दराम जैसी | वैशाख १२, जुम्ला | विद्यालय जाने उमेरमा बिहान बेलुका गाँउघरका साथीभाईसँग गुच्चा खेल्दै, दिउसो घरको सानोतिनो काममा सघाएर दैनिकि बिताई रहेका तिला गाँउपालिका ८ का ७ बर्षिय बालक विजय बस्नेतले पहिलो चोटि विद्यालयको मुहार देखेका छन् । बिहान, बेलुका आफुसंगैका साथीहरुसँग रमाएपनी दिउसो भने, सबै बालबालिका विद्यालय गएपछि उनलाई एक्लै हुँदा दिन काट्न छट्पट्टी हुन्थ्यो ।     

गरीबी र अशिक्षाका कारण उनकी आमा दिपा र बुवा नरेश ले छोरालाई विद्यालय पठाउने सोचनै नगरेपछि उनले विद्यालय देखे तर पढ्न भने पाएनन् । कहिल्यै विद्यालयको मुहार नदेखेका र कापी, कलम समेत नसमातेका उनलाई पहिलो पटक विद्यालयसम्म पुर्र्याउन पनि धौ धौ पर्र्यो ।

सरकारले शुरु गरेको विद्यालय भर्ना अभियान अन्र्तगत एमाले नेत्री मेनका पछाँईले अभिभावकत्व ग्रहण गर्दै उनलाई विद्यालय भर्ना गरेपछि आईतबारदेखी पहिलो पटक बालक विजय बस्नेतले कापि, कलम समात्न पाएका छन् । अभिभावकत्व ग्रहण गरेकी नेत्री पछाँईले उनलाई उच्च शिक्षासम्म पढाउने प्रतिबद्धता गर्दै चन्दननाथ मा.वि खलंगा बजार, कक्षा नर्सरीमा भर्ना गरिदिएकी छन्, भने आजैबाट उनले कखरा पढ्न पनि शुरु गरेका छन् ।


उनिसँगै मुगु सोरु गाँउपालिका हाल चन्दननाथ ४ बस्ने ८ बर्षिया बालिका भावना शाहीले पनि आईतबार बाटै कखरा पढ्न शुरु गरेकी छन् । बालिका भावनाको अभिभावकत्व ग्रहण गर्दै नेकपा एमाले जुम्लाकी मेनुका रेग्मीले उनलाई विद्यालय भर्ना गरिदिएकी हुन् । पहिलो पटक विद्यालयको मुहार देखेका दुबै बालबालिकालाई विद्यालयको पोषक सहित आवाश्यक पठनपाठनका सामाग्रि उपलब्ध गराईएको छ, भने साथीभाईसँगै पहिलो पटक विद्यालय जाँदा उनिहरु निकै खुसी देखीन्थ्ये ।

बालकलाई विद्यालय भर्ना गर्दै अबिवाहित एमाले नेत्री पछाँईले भनिन्, ‘विजय मेरो लागि पहिलो सन्तान हो । भविष्यको बाटो निर्धारण गर्न विद्यालय नभई माटोसँग खेलिरहेको उसको अभिभावकको जिम्मा लिएर विद्यालय भर्ना गर्न पाँउदा सेवा गर्ने मौका मिलेको छ, अब उसको उच्चशिक्षासम्मको जिम्मा लिनेछुँ ।’   

जुम्लाका हजारौ बालबालिका अँझै विद्यालयको पँहुजभन्दा बाहिर रहेको दावि गर्दै सबै निकाय, तहतप्का तथा ब्यक्तिले उनिहरलाई विद्यालयको पहुँजमा ल्याउन भर्ना अभियानलाई प्रभावकारी जोड दिनुपर्ने उनले बताईन् । गरीबी र अशिक्षाका कारण विद्यालयको पहुँजमा आउन नसकेका जिल्लाका बालबालिकालाई पहुँजमा ल्याउन विद्यालयको मुख्य भुमिका रहने उनको भनाइ छ । तर जिल्लामा अहिलेसम्म कति बालबालिका विद्यालयको पहुँज बाहिर छन् भन्ने तथ्यांक भने कुनै पनि निकायमा छैन ।  

माथिको तश्विरमा: विद्यालय भर्नापछि बालबालिकासँग कुरा गर्दै, एमाले नेत्री मेनका पछाँई । तस्विरः नन्दराम जैसी ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी