२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनैपनि हालतमा सिन्डिकेट अन्त्य गरेरै छाड्छौं: मन्त्री थापा

२०७५, १८ बैशाख मंगलवार ०७:३३

वैशाख १८ काठमाण्डौ। गृहमन्त्री रामबहादुर थापाले निर्वाचनपछि सुरु हुन लागेको शान्ति र स्थायित्व कायम हुन नदिई अस्थिरतामा लैजान केही शक्ति लागेको बताए ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि हेटौंडा आएका मन्त्री थापाले यस्तो बताएका हुन् | 

उनले भने "छायाँ सरकारको नाममा कतिपय ठाउँमा घटना घटाउने काम भइरहेको छ, यस्ता अस्थिरता फैलाउने सबैखालका घटना नियन्त्रणका लागि सरकार कटिबद्ध छ।"

नेपाली भूमिमा जाति, धर्मको नाममा अस्थिरता फैलाउने शक्तिको चलखेल बढेको भन्दै उनले विकासको बाधक मानिएका भ्रष्टाचार, तस्करी र सिन्डिकेटलाई अन्त्य गर्न जरुरी रहेको पनि बताए ।

सरकारले थालेको सिन्डिकेट अन्त्य गर्ने अभियान कुनै पनि अवस्थामा नरोकिने भन्दै गृहमन्त्री थापाले सिन्डिकेटलाई खारेज गर्न सरकार प्रतिवद्ध रहेको बताए ।  "सिन्डिकेटलाई सहयोग गर्ने सबैलाई कारबाही गर्छौ।" उनले भने |

राज्यको शान्ति सुरक्षाको नीतिलाई तल्लो तहसम्म कार्यान्वयनमा लगाउने अभियानमा गृहमन्त्रालय लागि परेको पनि उनले बताए ।

स्थायित्वका लागि सुदृढ वामशक्ति आवश्यक रहेको भन्दै थापाले एमाले र माओवादी एकतापछि देशको राजनीतिक स्थायीत्वलाई थप सुदृढ हुने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन