२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली: अन्य प्रदेशले गर्न नसकेको दुई उपलब्धि, प्रतिपक्षको अनुभुती नभएको संसद

१८ बैशाख २०७५, मंगलवार १६:२५

सुर्खेत, १८ बैशाख । कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन मंगलबार रातीदेखि अन्त्य भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रथम अधिशेन अन्त्य गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई सिफारिस गरेको थियो । प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेशको चालु पहिलो अधिवेसन संविधानको धारा १ सय ८३ को उपधारा २ अनुसार प्रदेश सभाको पहिलो अधिवेशन मंगलबार राती १२ बजेदेखि  अन्त्य गरेका हुन् ।

नामाकरण र राजधानी तोक्नु प्रमूख उपलब्धी

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन गत माघ २१ गतेदेखि सुरु भएको थियो । पहिलो अधिवेशनमा २२ वटा बैठक बसेका छन् । पहिलो अधिवेशनले प्रदेशको नाम कर्णाली, र राजधानी सुर्खेतको वीरेन्द्रनगर सहमतिबाट तोक्न सफल भएको छ । यस्तै प्रदेशसभा नियमावली, चार वटा संसदीय समिति गठन, सरकारको नीति तथा कार्यक्रम, चालु आर्थिक बर्षको चार महिने बजेट पारित पहिलो अधिवेशनमा भएको सभामुख राजबहादुर शाहीले बताए ।

प्रतिपक्षको अनुभुती नभएको संसद

पहिलो अधिवेशनको समापन मन्त्व्य दिदैं एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशसभाले गरेका महत्वपूर्ण निर्णयहरुमा सत्ता पक्ष र प्रतिपक्ष नभएकोले आगामी दिनमा पनि यसैगरी अगाडि बढ्न आग्रह गरे । उनले अवको दोस्रो अधिवेशन अहिलेको अस्थायी सभाबाट होइन स्थायी संसद भवनबाट संचालन गर्न सचिवालयको ध्यानाकर्षण गराए । कांग्रेसका सचेतक हिमबहादुर शाहीले पहिलो अधिवेशनमा प्रदेश सभाले जे जति गर्न सक्यो, त्यो नै महत्वपूर्ण उपलव्धी भएको बताए ।

नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीले जनशक्ति, पूर्वाधार र स्रोतसाधनको अभावबाटै पहिलो अधिवेशनले आशातीत उपलव्धी हाँसिल गर्न सफल भएको दावी गरिन् । कर्णाली प्रदेशको आकस्मिक कोष सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक पनि मंगलबारको बैठकमा पेश गरिएको छ । आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सो विधेयक पेश गरेका थिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद विन्दमान विष्टले दैवी प्रकोपको बेला कोषको रकम दोहोरिन सक्ने भएकाले यसमा ध्यान दिनुपर्ने सझाव दिए । उनले प्राकृतिक र गैरप्राकृतिक दैवी प्रकोपका घटना भएमा तत्काल राहत दिनमा सहयोग पुग्ने बताए । सांसद चन्दबहादुर शाहीले कोषमा रहेको १ करोड रकम अपुग हुने भएकाले बजेट थप्न माग गरे । ‘भौगोलिक विकटता बढी भएको प्रदेश हाम्रै हो’ शाहीले भने, ‘तत्काल दैवी प्रकोपका घटना भएमा यो रकम कनिका छरेजस्तो हुने भएकाले बेलैमा वृद्धि गर्न आवश्यक छ ।’ यद्यपि सो विधेयक पारित हुन सकेन ।

राहतको व्यवस्था गर्न माग

संसदको २१ औं बैठकमा अत्यन्त जरुरी विषयमा बोल्ने अधिकाँश सांसदहरुले केही दिन अघि आएको हावाहुरीसहितको असिना पानीले हिउदे बाली नष्ट गरेकाले कृषकलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । दैलेखका सांसद सुशील थापाले चैत्र १६ गते साँझ आएको असिना पानीले दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका कृषकहरुले लगाएको अन्न बालीमा ठूलो क्षती पु¥याएको बताए । उनले हावा हुरीले विपन्न समुदायको घरको र स्कुलको छाना उडाएकाले तत्काल प्रदेश सरकारलाई राहतको व्यवस्था गर्न माग गरे । ‘प्रदेश सरकारले विशेष योजना ल्याएर पीडित कृषकहरुलाई राहत उपलव्ध गराउन माग गर्दछु’ थापाले भने ।

जाजरकोटका सांसदद्वय गणेशप्रसाद सिंह र कौशीलावती खत्रीले पनि जाजरकोटको बारेकोट गाउँपालिकामा असिना पानीले क्षती पु¥याएको विषयलाई उठान गरे । सिंहले बारेकोट क्षेत्रमा सञ्चार नहुँदा स्थानीयलाई सास्ती भएकाले प्रदेश सरकारले गम्भीरताका साथ लिन आग्रह गरे ।  तर जुम्लाका सांसद पदमबहादुर रोकायाले विश्वकै अग्लो ठाउँमा उत्पादन हुने काली मार्सी धानको संरक्षण गर्ने विशेष योजना ल्याउन प्रदेश सरकारसंग माग गरे । उनले तातोपानीलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने आधार भएपनि सरकारले नीति तथा कार्यक्रम र बजेटमा नसमिटिएकाले यसबारे ख्याल गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य