१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णालीका मुख्यमन्त्रीदेखि वडाअध्यक्षसम्मको पारिश्रमिक कति ?

१९ बैशाख २०७५, बुधबार १६:४५

वैशाख १९, सुर्खेत | संघीय सरकारले दिएको सिलिङ भन्दा७ हजार रुपैयाँ घटाएरकर्णाली प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक प्रस्ताव गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरी कर्णाली सरकारको मन्त्री परिषद्ले प्रदेश सभामा पेसगर्न स्वीकृती दिएको कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक, सेवा र सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक–२०७५को मस्यौदा प्रदेश सभाका पदाधिकारीको पारिश्रमिक घटाएर व्यवस्था गरेको छ ।

उक्त विधेयकको मस्यौदामा कर्णाली सरकारका मुख्यमन्त्रीको पारिश्रमिक ५३ हजार ९ सय र मन्त्रीहरुको पारिश्रमिक ५० हजार तोकिएको छ । संघीय सरकारले मुख्यमन्त्रीको पारिश्रमिक ६० हजार ९  सय र मन्त्रीहरुको पारिश्रमिक ५२ हजारको सिलिङ पठाए पनि प्रदेश सरकारले मुख्य मन्त्रीको सात हजार र मन्त्रीहरुको २ हजार रुपैयाँ घटाएर पारिश्रमिकको लागि प्रस्ताव गरिएको छ । मन्त्रीहरुलाई आवासवाफत मासिक २५ हजार र इन्धनका लागि ७५ लिटर सुविधा तोकिएको छ भने मुख्यमन्त्रीले मासिक मन्त्रीलाई १ सय २५ लिटर इन्धन सुविधा पाउने उल्लेख गरिएको बताइएको छ । 

मेयरलाई ३५ हजार, उपमेयर ३० हजार

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि विधेयक–२०७५ को मस्यौदा पनि तयारी गरि संसदमा पेस गर्न मन्त्री परिषद्बाट स्वीकृत भई सकेको छ । उक्त विधेयक पारित भए कर्णाली प्रदेशका नगरपालिकाका प्रमूखले मासिक ३५ हजार र उपप्रमुखले ३० हजार पारिश्रमिक पाउनेछन् । विधेयकको मस्यौदाले नगरपालिकाका वडाध्यक्षलाई मासिक २० हजार पारिश्रमिक तोकेको बताईएको छ ।

मस्यौदा विधेयकले कर्णालीका गाउँपालिका अध्यक्षको पारिश्रमिक मासिक ३१ हजार र उपाध्यक्षको २६ हजार र वडाध्यक्षका लागि १५ हजार देखि १८ हजार रुपैयाँसम्म प्रस्ताव गरिएको छ । उक्त विधेयक प्रदेश सभाले पारित गरेसंगै कर्णाली प्रदेश सभाका पदाधिकारी तथा यहाँका स्थानीय तहका पदाधिकारीहरुले पारिश्रमिक र सेवा सुविधा लिन बाटो खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह