2026-10-15 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा प्रहरीको बिशेष अभियान: सामाजिक बिकृतीविरुद्ध आक्रामक बन्दै

वैशाख २४, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कायम भएसंगै सुर्खेत प्रहरीले अपराधिक गतिविधि रोक्न विशेष अप्रेशन सञ्चालन गर्दै आएको छ । घरेलु मदिरा नियन्त्रणदेखी जुवाडे पक्रन प्रहरीले ‘क्लिन स्वीप अप्रेशन’ नै सञ्चालन गरिरहेका छ । पछिल्लो दश महिनाको तथ्याङ्क अनुसार प्रहरीले ६८ जना जुवाडेलाई पक्राउ गरेको छ । यी मध्य ११ जनालाई अदालतमा मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको छ । जुवा खालबाट मात्रै प्रहरीले नगद रु. १० लाख ३४ हजार ४३० रुपैयाँ र चेक रकम रु. २६ लाख ७५ हजार गरी ३७ लाख ९ हजार ४३० विगो रकम बरामद गरेको छ ।

सुर्खेतमा संस्थागत रुपमा मौलाएको जुवालाई नियन्त्रण गर्न हाल विशेष अप्रेशन प्रहरीले थालेको छ । आईतबार र सोमबार गरी दुई स्थानबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख दुल्लु नगरपालिक–२ का हाल वीरेन्द्रनगर–४ भैरवस्थानमा प्रतिक होटल सञ्चालन गर्दै आएका होटल सञ्चालक ऐन बहादुर शाहीसहित अछाम तुर्माखाँध गाउँपालिका–४ का डेकेन्द्र बुढा, दैलेख चामुण्डा बिन्दासैनी नगरपालिकाका–९ का हर्क बहादुर थापा, दैलेख दुल्लु नगरपालिका–३ का अनिल कार्की र सोही ठाउँका छत्र बहादुर खड्का छन् । प्रहरीले आईतबार मात्रै वीरेन्द्रनगर–९ बस्ने घरधनी कालिप्रसाद शाक्यसहित सोही ठाउँका बल बहादुर राना र दानबहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुबाट प्रहरीले ८३ हजार नगद रकम समेत बरामद गरेको छ ।  जुवाडेको अखडा पत्ता लगाउन सुर्खेत प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएर प्रहरीहरु परिचालन गरेको छ ।

सुर्खेत प्रहरीले आर्थिक वर्ष २०७३।०७४ मा वीरेन्द्रनगरका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको थियो । यी मध्य एक जना विरुद्ध अदालतमा मुद्दा नै दायर गरिएको थियो भने उनीहरुबाट २ लाख ४ हजार पाँचसय विगो रकम प्रहरीले बरामद गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय सुर्खेतको नयाँ नेतृत्वमा एसपी उमाप्रसाद चतुर्वेदीले आएपछि जुवा अखडालाई तोड्न विशेष अप्रेशन नै सञ्चालन गरिरहेका छन् । उद्योगी, व्यापारी, व्यवसायी, दलका नेता तथा प्रशासनका उच्च कर्मचारी पनि जुवा–तासमा सहभागी हुने गरेको प्रहरीले पक्राउ गरेका विभिन्न घटनाहरुबाट पुष्टी भएको छ । यस्ता अवैध खेलमा मदिरा सेवन गरी झगडा समेत हुने गरेको प्रहरी बताउँछ ।

जुवा ऐन, २०२० को दफा २ ले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगको आधारमा बाजी थापी खेलेको कुनै खेल जुवा ठहरिन्छ । दफा ३ अनुसार कुनै व्यक्तिले जुवा खेल्न खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा भोगचलन वा जिम्माको कुनै घर, कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन हुँदैन र जुवा खेलेको ठाउँमा बस्नसमेत हुँदैन भन्ने कानुनमा छ । त्यस्ता कार्य गर्न कसैलाई कुनै किसिमको सहयोग समेत गर्नु हुँदैन । यस प्रावधानविपरीत कार्य गरेमा दफा ४ अनुसार सजाय समेत भोग्नु पर्छ  । जुवा खेलेमा पहिलो पटक दुई सय रुपैयाँ, दोश्रो पटक एक महिनादेखि दुई महिना कैद, तेस्रो पटकदेखि एक वर्ष कैद गर्ने कानुनी प्रवधान छ । घर, कोठामा जुवाको खाल थप्न दिएमा पहिलो पटक तीन सय जरिवाना, दोस्रो पटकदेखि तीन महिनादेखि नौ महिनासम्म कैद गरिने कानुनी प्रावधान छ । जुवा खेल्न खेलाउन सरसापट दिएमा थैली भुस हुनुका साथै थैलीको डेढी जरिवाना हुने प्रावधान छ । दफा ५ अनुसार जुवा खेल्न प्रयोग गरिएका सबै समान जफत गरिन्छ भने कानुनले जुवातासलाई हेर्नसम्म अनुमति दिएको छैन् ।

‘सामाजिक विकृति अन्त्य गर्नु प्रमुख लक्ष्य’

सामाजिक विकृति र लागु औषध नियन्त्रण गर्न क्लीन स्वीप अप्रेशन सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदी बताउँछन् । हिंसा, जुवातास, अवैध घरेलु मदिरा र लागु औषधले समाजमा अपराधका गतिविधि बढ्ने भएकाले विशेष अप्रेशन नै सञ्चालन गरिरहेको एसपी चतुर्वेदीको भनाई छ । ‘वीरेन्द्रनगर प्रदेश राजधानी कायम भएसँगै सामाजिक विकृतिहरुको अन्त्य गर्न हामी विशेष रणनीतिमा लागेका हौं’ एसपी चतुर्वेदीले भने,–‘अवैध घरेलु मदिरा हिंसाको प्रमुख कारकतत्व भएकाले हिंसारहित समाज निर्माण गर्नु हामी सवैको दायित्व हो ।’

आफ्नो कार्यकालमा सामाजमा हुने हरेक खालका अपराधिक घटनाहरु हुन नदिने प्रमुख लक्ष्य रहेका बताएको उनले आम नागरिकलाई प्रहरीको यो अभियानमा साथ दिन आग्रह गरे । जुवातास मात्रै नभई सामाजका हरेक खालका विकृती रोक्न प्रहरी कटिवद्ध रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा