2026-10-23 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देशमा विकासको ढोका खुलेको छ: मुख्यमन्त्री गुरुङ

वैशाख २५ बेँसीशहर, लमजुङ | प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताउनुभएको छ । 

गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा आज आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले सिंहदरबारको शक्ति, गाउँ गाउँसम्म पुगेकाले स्थानीय सरकारले गाउँको अवश्यकता पहिचान गरी विकासको गति अघि बढाउन सक्छ, त्यसका लागि प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्छ ।” 

मुख्यमन्त्री गुरुङले सात वटै प्रदेशमा बहुमतसहितको सरकार बनेको र संघीय सरकार पनि दुईतिहाइ बहुमतको भएकाले सरकार परिवर्तन गर्ने खेल सकिएको बताउनुभयो । उहाँले स्थिर सरकार भएकै कारण विकासको वातावरण सिर्जजा भएकाले सबै मिलेर मुलुकको विकासका लागि दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

प्रदेशसभाका लागि लमजुङबाट निर्वाचित गुरुङ मुख्यमन्त्री हुनुभएपछि जिल्लास्थित तमु ह्युला छोँजधिलगायत गुरुङ समुदायका विभिन्न आमा¬ तथा बुबा समूहले अभिनन्दन गरिएको अध्यक्ष ठाकुरप्रसाद गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने