Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै

२०७५, २७ बैशाख बिहीबार ०८:१२

 वैशाख २७ डडेल्धुरा | डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ । 

डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना शहरी खानेपानी योजनाको काम शुरु भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रवि केसीले जानकारी गराउनुभयो । 

एक हजार ३०० धाराबाट पानी वितरण गर्न सदरमुकाममा साना शहरी खानेपानी योजनाको काम थालिएको उक्त समितिका सचिव देवकी भट्टले बताउनुभयोे । रु ३० करोड ६२ लाखको लागतमा सो आयोजनाको निर्माण थालिएको अमरगढी साना शहरी खानेपानी आयोजनाले जनाएको छ । 

एक हजार ३०० धाराबाट खानेपानी वितरण गर्ने योजना भए पनि मूलबाट आएको पानीबाट एक हजार ५०० सम्म धारा राख्न सकिने खलङ्गा उक्त उपभोक्ता समितिका सचिव देवकी भट्टले जानकारी गराउनुभयो । नगरपालिकासँगको सहकार्यमा समितिले गरेको सर्भेक्षणका आधारमा खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा एक हजार ३०० धारा आवश्यक पर्नेछ । 

अठार महिनामा काम सम्पन्न गर्ने गरी सो योजना निर्माण गर्न लागिएको हो । 

सदरमुकाम खलङ्गाबाट वितरण गरिने खानेपानी योजनाको मुहान १९ किलोमिटर ५०० मिटर टाढा अमरगढी–२ मा छ । अरगढी–२ को मतरे, लामासेन र अनारबे भन्ने खोलाको मूलबाट पानी संकलन गरी योजना निर्माण भइरहेको सचिव भट्टले जानकारी गराउनुभयो । 

अमरगढी बजार क्षेत्रको खलङ्गा, बागबजार, कीर्तिपुर, थोफानडाँडो क्षेत्रमा एक हजार ३०० घरधुरीका लागि धारा आवश्यक छ । गर्मियाममा पानीको समस्या भएका बेला पानी पर्याप्त पानि भए सदुरमुकाममा अझ बढी जनसंख्या थपिने आयोजनाले जनाएको छ । सुख्खायाममा खानेपानीको समस्या भोग्दै आएका सर्वसाधारण तथा व्यापारीले पनि सहजै पानी उपभोग गर्न पाउने योजना निर्माण कम्पनीले जनाएको छ । 

सर्भेक्षणमा मात्र दुई महिना खर्चेको निर्माण कम्पनी चाँदनी कन्स्ट्रक्सनले अहिले इन्टेक निर्माणका लागि आवश्यक सामग्री जुटाइरहेको छ भने वितरण केन्द्र खलङ्गामा पनि ट्याङ्की निर्माण कार्यको थालनी भइसकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ