2026-07-26 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीले भत्ताको रकम कोषमा जम्मा गर्ने

वैशाख २७, सुर्खेत | कर्णाली प्रदेशमा हुने कार्यक्रममा सहभागीह हुनेहरुलाई दिइने भत्ता वापतको रकम कोषमा जम्मा गर्ने उद्घोष कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् । प्रदेशको विकास गर्न र पीडामा परेका कर्णालीवासीले राहत पुर्याउन आफूले यो अभियान थालेको शाहीले बताएका हुन् ।

‘मलाई सरकार तथा गैरसरकारी संस्थाहरुले कार्यक्रममा सहभागि हुनेलाई भत्ता दिने कार्य मन परेको छैन’ उनले भने, ‘उक्त रकम सरकारी कोषमा जम्मा गर्न सके प्राकृतिक तथा अप्राकृतिक घटनाबाट पीडित जनताले राहत पाउन सक्छन् ।’ मुख्यमन्त्री शाहीले यसबारेमा आफूले थप छलफल गर्ने बताए । हजार रुपैंया भत्ता बुझेर केही हुँदैन’ उनले भने, ‘तर ५० र १०० जनाले भत्तावापत पाउने रकम कोषमा जम्मा गर्न सके ठूलो रकमको हामी जोहो गर्न सक्छौं ।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भूकम्प, आगलागी, बाढीपहिरोजस्ता जोखिममा रहेको बताए । ‘हाम्रो प्रदेश भौगोलिक विकटतामा छ ।’ उनले थपे, ‘कुनैपनि बेला प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति पुर्याउन सक्छ ।’ उनले प्रदेश सरकारले केहि दिन पहिलेमात्रै मुगुमा आगलागी भएको र ती पिडितहरुलाई अलिकति भएपनि राहत दिन सकिएको स्मरण गरे । ‘हामीसँग यस्तो रकम भएको भए सोही दिन हामीले राहत दिन सक्थ्यौं ।’ उनले भने, ‘अब यस्ता कुरालाइ ख्याल गर्दै सरकार अघि बढ्छ र प्रदेशलाई विकसित बनाउने योजनामा लम्किन्छ ।’

मुख्यमन्त्री शाहीले केन्द्र सरकारसँग कर्णालीको विकासकालागि ठूला आयोजनामा लगानी गर्न आग्रह गरेको बताए । ‘बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई कर्णालीको समग्र विकासकालागि केही आयोजना बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छौं ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सकारात्मक जवाफ दिनुभएको छ । उहाँले राराबाटै कर्णालीलाई समृद्ध बनाउने घोषणा पनि गर्नुभएको छ ।’ मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, केन्द्र सरकारसँग कर्णालीको विकासका लागि पर्याप्त बजेटको व्यवस्थापन गर्न माग गर्दै काठमाडौं पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ