२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खुला दिसामुक्त घोषणा कार्यक्रममा २४ लाख बजेट खर्च, मुख्यमन्त्री सत्कार धेरै खर्च

२९ बैशाख २०७५, शनिबार ०८:५१

लोकेन्द्र प्रशाद जोशी | वैशाख २९, दार्चुला । गत मंगलबार दार्चुला खुलादिशामुक्त घोषणा कार्यक्रममा झण्डै २४ लाख रुपैया खर्च भएको जनाइएको छ । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकमा करिब २४ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको हो । बैठकमा घोषणाको लागि भएको वास्तविक खर्च बिबरण पेश नगरेर अनुमानित २४ लाख रुपैयाँ खर्च भएको जानकारी गराइएको छ ।

बैठकमा सहभागिले एकसाता भित्र वास्तविक खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् । खानेपानी तथा सरसफाइ सव डिभिजन प्रमुख प्रकाश बहादुर रावलका अनुसार आतिथ्य सत्कार, टिसर्ट छपाई, कलाकार लगायतमा बढि खर्च भएको छ । मुख्यमन्त्रीको सत्कार र ब्यबस्थापनमा मात्रै एक चौथाइ बजेट खर्च भएको छ । मुख्यमन्त्रीलाइ रेड कार्पेट बिच्छयाएर स्वागत गरेको बिषयमा बिरोध समेत भएको थियो । मुलुकको राजनीतिक परिवर्तनलाइ गिज्याउँनेगरी सर्बहारा पार्टीबाट निर्बाचित मुख्यमन्त्रीलाइ रेड कार्पेट बिच्छ्याएर स्वागत गर्नु आयोजक नेतृत्वको गल्ती भएको आयोजक समिति सदस्यहरुले नै गुनासो गरेका छन । समाजिक सञ्जालमा मुख्यमन्त्रीको चर्को बिरोध भएको छ ।


यसअघि १४ लाखको हाराहारीमा खर्च हुने अनुमान गरीएपनि निकै भड्किलो र खर्चिलो कार्यक्रम गर्दा अनुमानगरे झन्डै भन्दा १० लाख बढी खर्च भएको छ । चौधसय टिसर्ट छपाइमा ७ लाख खर्च भएको छ । अझै डेढ सय बढी टिसर्ट बितरण गर्न बाकि रहेको छ ।

यसैगरी बैठकले खुला दिशामुक्त घोषणा सभालाई सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो