Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खुला दिसामुक्त घोषणा कार्यक्रममा २४ लाख बजेट खर्च, मुख्यमन्त्री सत्कार धेरै खर्च

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

लोकेन्द्र प्रशाद जोशी | वैशाख २९, दार्चुला । गत मंगलबार दार्चुला खुलादिशामुक्त घोषणा कार्यक्रममा झण्डै २४ लाख रुपैया खर्च भएको जनाइएको छ । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकमा करिब २४ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको हो । बैठकमा घोषणाको लागि भएको वास्तविक खर्च बिबरण पेश नगरेर अनुमानित २४ लाख रुपैयाँ खर्च भएको जानकारी गराइएको छ ।

बैठकमा सहभागिले एकसाता भित्र वास्तविक खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् । खानेपानी तथा सरसफाइ सव डिभिजन प्रमुख प्रकाश बहादुर रावलका अनुसार आतिथ्य सत्कार, टिसर्ट छपाई, कलाकार लगायतमा बढि खर्च भएको छ । मुख्यमन्त्रीको सत्कार र ब्यबस्थापनमा मात्रै एक चौथाइ बजेट खर्च भएको छ । मुख्यमन्त्रीलाइ रेड कार्पेट बिच्छयाएर स्वागत गरेको बिषयमा बिरोध समेत भएको थियो । मुलुकको राजनीतिक परिवर्तनलाइ गिज्याउँनेगरी सर्बहारा पार्टीबाट निर्बाचित मुख्यमन्त्रीलाइ रेड कार्पेट बिच्छ्याएर स्वागत गर्नु आयोजक नेतृत्वको गल्ती भएको आयोजक समिति सदस्यहरुले नै गुनासो गरेका छन । समाजिक सञ्जालमा मुख्यमन्त्रीको चर्को बिरोध भएको छ ।

यसअघि १४ लाखको हाराहारीमा खर्च हुने अनुमान गरीएपनि निकै भड्किलो र खर्चिलो कार्यक्रम गर्दा अनुमानगरे झन्डै भन्दा १० लाख बढी खर्च भएको छ । चौधसय टिसर्ट छपाइमा ७ लाख खर्च भएको छ । अझै डेढ सय बढी टिसर्ट बितरण गर्न बाकि रहेको छ ।

यसैगरी बैठकले खुला दिशामुक्त घोषणा सभालाई सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।