वैशाख ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६४ पैसा र विक्रिदर २८ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा र विक्रिदर २९ रुपैयाँ ६७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २५ पैसा र विक्रिदर २९ रुपैयाँ ४१ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३५ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०७ पैसा र विक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ २४ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ८८ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ४७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सुचिसहित:-