२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलाली खुला दिसामुक्त जिल्ला घोषित

३० बैशाख २०७५, आईतवार १३:४१

वैशाख ३०, धनगढी | प्रदेश नं ७ को अस्थायी राजधानी कैलालीलाई आज खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । 

कैलाली प्रदेश नं ७ मा खुल्ला दिसामुक्त घोषणा हुने जिल्ला अन्तिम र देशको ५१औँ जिल्ला हो । ‘कैलाली जिल्लाको सामाजिक विकासको आधार, खुला दिसामुक्त क्षेत्र र स्वस्थ्यकर बानी व्यवहार’ भन्ने मूल नाराका साथ स्न २०१६ सम्ममा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य विसं २०६९ मा लिइएको भए पनि विभिन्न चुनौतीका कारण तोकिएको समय भन्दा ढिलो गरी खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । 

सरकारले तयार पारेको राष्ट्रिय सरसफाइ गुरुयोजनाको मर्मअनुसार सञ्चालन गरिएका यससम्बन्धी रणनीतिक र समन्वयात्मक सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका गतिविधिको फलस्वरुप कैलालीलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न सम्भव भएको हो । उसो त कैलालीको साविक पवेरा गाविसको छोड्कीपलिया गाउँ विसं २०६३ मा नै खुला दिसामुक्त गाउँ घोषणा भई प्रदेशकै पहिलो खुला दिसामुक्त गाउँ बनेको थियो । 

कैलालीमा २०६९ सालसम्ममा ४८.६६ प्रतिशत घरधुरी मात्र सरसफाइको पहँुचमा रहेकामा सरफाइ र स्वच्छतासम्बन्धी गतिविधि सञ्चालन भएसँगै हाल शतप्रतिशतले शौचालय प्रयोग गरिरहेको र ९७ प्रतिशत जनसंख्या आधारभूतस्तरको खानेपानीको पहुँच पुगेको जानकारी आज यहाँ आयोजित खुला दिसामुक्त घोषणा समारोहमा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव नारायणप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

समारोहमा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषित गर्दै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले सरसफाइ अभियानलाई निरन्तरता दिन आवश्यक पहल गर्ने बताउनुभयो । मुख्यमन्त्री भट्टले भन्नुभयो, “घोषणा गरेर मात्र हुँदैन, सरसफाइ अभियानलाई निरन्तरता दिनु जरुरी छ ।” 

जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले घोषणा समारोहमा सहभागीलाई सातबुँदे प्रतिबद्धता गराउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य