२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीबाट दक्षिणी श्रीलंकामा आठ हजार स्थानीय प्रभावित

२०७५, ३१ बैशाख सोमबार ११:३७

वैशाख ३१, कोलम्बो | श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ । 

यहाँको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार जारी एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ । 


प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले सोमबार आएको भारी वर्षाका कारण ती व्यक्ति घर बस्न नसकेका अन्यत्रै सार्नुपरेको थियो भन्नुभएको छ । 

ती क्षेत्रमा बाढीको प्रकोप बढ्नसक्ने अनुमानका कारण उनीहरुलाई सुरक्षित स्थानमा सारिएको पनि उहाँले बताउनु भएको छ । 

शनिबारदेखि निरन्तर भएको वर्षा सोमबार बिहान रोकिएको छ । तर पनि सोमबार बेलुका पनि थप वर्षा हुने आशंका गरिएको छ । यसका कारण स्थानीयवासीलाई सतर्क रहन पनि भनिएको छ । 

श्रीलंकामा सन् २०१७ मा कैयौँ जिल्लामा आएको बाढी र पहिरोमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा