यौनसम्पर्कको गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार यौनसम्पर्क राख्न सकिन्छ । अधिकांशले रातिमा गर्छन् । तर, रातिमा भन्दा बिहानको समयमा गर्दा बढि राम्रो हुन्छ । एकाबिहानै यौनसम्पर्क राखेमा दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई बिहानकै समयमा गर्न उत्साह पैदा गर्न सक्छ ।
अमेरिकामा भएको एक अनुसन्धानको क्रममा सेक्सको लागि सबैभन्दा उत्तम समय बिहान नै रहेको पत्ता लगाए । बिहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिको अर्का अनुसन्धानको अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।
सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । बिहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । उक्त अनुसन्धानको अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।
बिहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।
बिहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा बिहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।