सुनछहरी गाउपालिका ६ का वडाअध्यक्ष अमरजित पुनमगर समुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुनछहरी गाउपालिका ६ का वडाअध्यक्ष अमरजित पुनमगर समुद"/>

2026-09-14 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाको फगाम र हाम्जा जोड्ने पुल बनेपछि स्थानियहरु हर्षित

मनिषा राई/ज्येष्ठ ३, रोल्पा | पुर्वी रोल्पाको सुनछहरी गाउपालिकामा विकासका कामहरु धमाधम भइरहेको छ । 

सुनछहरी गाउपालिका ६ का वडाअध्यक्ष अमरजित पुनमगर समुदायको विकासको लागि सक्रिय रुपमा लाग्नुभएको छ । उहा जनप्रतिनिधि भएसंगै गाउमा धेरै नै विकासका कामहरु भएको स्थानियहरुले बताएका छन् । यसैक्रममा आज सुनछहरी गाउपालिका ५ र ६ नं. वडामा फगाम र हाम्जा जोड्ने पुल निर्माण कार्य सम्पन्न भएको छ जसको कारण स्थानियहरुको वर्षौदेखिको सपना पुरा भएको छ ।

सुनछहरी गाउपालिका वडा नं. ६ का वडाअध्यक्ष पुनमगरको पहलमा करिब २० लाखको लागतमा पुल निर्माण भएपछि त्यहाका स्थानियहरुलाई आवत जावतमा सहजता थपिएको छ भने घन्टौको यात्रा गर्नु पर्ने बाध्यता टरेको छ |

त्यस क्षेत्रमा हिउँदको समयमा त जसो तसो खोलो तरेर वार पार हुन्थ्यो, तर बर्षायाम सुरुभए पछि ५ मिनेटको बाटोलाई पनि घण्टौ लागाउनु पर्ने बाध्यता रहेको थियो । पुल निर्माणसंगै अब भने सबै समस्या दुर भएको छ । 

उक्त स्थानमा पुल नहुदा त्यस क्षेत्रका बिद्यार्थीहरुलाई अझ बढि समस्यामा पर्ने गरेको थिए ।

पुल निर्माणमा पहल गर्नुभएका ६ नं. वडाअध्यक्ष पुनले आफू जनताको स्वयम्सेवक भएकाले सधै जनताको दुख–सुख र भावनासँग जोडिने बताउनुभयो । हरेक सामाजिक कार्य एक्लैले गर्न नसकिने भएकाले समृद्ध फगाम मात्र नभई सुनछहरी गाउपालिकालाई नै समृद्ध बनाउनका लागि सबैको सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

उहाले पुल निर्माण काम कुशलता पुर्वक सम्पन्न गराउन हरबखत खट्ने उपभोक्ता समिति लगाएतलाई धन्यबाद दिदै अन्य विकासका कामहरु पनि अन्तिम चरणमा पुगेको जानरकारी समेत दिनुभयो ।

आफनो गाउँको सेवा गर्ने भन्दै जनप्रतिनिधि बन्नु भएका वडाअध्यक्ष पुनले आफू निर्वा्चित भएदेखि अहिलेसम्म विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै गाउँमा बिस्तारै विकास निर्माणका काम सम्पन्न गराउनुभएको छ । वडाअध्यक्ष पुनमगरले जनताले आफुलाई जुन बिश्वासको आधारमा भोट दिएका छन् त्यो बिश्वासलाई खेर जान नदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाले बिकास निर्माणका कार्यहरु गरेर जनताको सेवा सुबिधाको लागि दिनरात खट्ने समेत बताउनुभयो ।

उता गाउँका स्थानियहरुले निर्वाचनमा उम्मेदवारी दिँदा कलिलो उमेर व्यक्तिले विकास निर्माणमा के गर्न सक्लान र ? भन्ने लागेको भएता पनि अहिले गाउमा सोचे भन्दा पनि राम्रो नमुना योग्य काम गरेको प्रति खुशि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड