2026-06-28 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! फेसबुकको ब्लक लिष्टमा पर्नुहोला, फेसबुकले दियो यस्तो चेतावनी

2018-05-18

काठमाडौँ । संसारभरका करोडौं मान्छेले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्छन् । यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन् । फेसबुकले अनेकौ समस्याहरु पनि निम्त्याइ रहेको छ | समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप फेसबुकले लामो समयदेखि खेप्दै आइरहेको छ।

यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ। कम्पनीका अनुसार हाल भइरहेका अकाउन्टमध्ये पनि ३ देखि ४ प्रतिशत फेक नै छन्।

त्यस्तै कम्पनीले ८६ करोड ५० लाखभन्दा बढी पोस्टहरू पनि हटाएको छ। हिंसा फैलाउने, आतंकवादी गतिविधिसँग सम्बन्धित, अश्लिलता झल्काउने किसिमका तस्बिर प्लेटफर्मबाट हटाइएको हो।

त्यस्तै फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका २०० वटा एप्स पनि हटाएको छ। यी एपबाट प्रयोगकर्ताको निजी डाटा गलत रूपमा प्रयोग हुने खतरा रहेको कम्पनीको भनाइ छ।

केही समयअघि फेसबुकले आफ्नो प्लेटफर्ममा के–के पोस्ट गर्न नमिल्ने भन्ने सूची नै जारी गरेको थियो। जसअनुसार कुनै पनि नग्न तस्बिर, हिंसा र आक्रोश फैलाउने, आतंकवादी गतिविधिलाई बढुवा दिने जस्ता पोस्ट नगर्न बताएको थियो।

फेसबुकको मापदण्डभन्दा बाहिर गएर पोस्ट गर्नेको अकाउन्ट बिना जानकारी डिलिट वा ब्लक हुन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी