२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! फेसबुकको ब्लक लिष्टमा पर्नुहोला, फेसबुकले दियो यस्तो चेतावनी

४ जेष्ठ २०७५, शुक्रबार ०९:१०

काठमाडौँ । संसारभरका करोडौं मान्छेले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्छन् । यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन् । फेसबुकले अनेकौ समस्याहरु पनि निम्त्याइ रहेको छ | समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप फेसबुकले लामो समयदेखि खेप्दै आइरहेको छ।

यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ। कम्पनीका अनुसार हाल भइरहेका अकाउन्टमध्ये पनि ३ देखि ४ प्रतिशत फेक नै छन्।

त्यस्तै कम्पनीले ८६ करोड ५० लाखभन्दा बढी पोस्टहरू पनि हटाएको छ। हिंसा फैलाउने, आतंकवादी गतिविधिसँग सम्बन्धित, अश्लिलता झल्काउने किसिमका तस्बिर प्लेटफर्मबाट हटाइएको हो।

त्यस्तै फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका २०० वटा एप्स पनि हटाएको छ। यी एपबाट प्रयोगकर्ताको निजी डाटा गलत रूपमा प्रयोग हुने खतरा रहेको कम्पनीको भनाइ छ।

केही समयअघि फेसबुकले आफ्नो प्लेटफर्ममा के–के पोस्ट गर्न नमिल्ने भन्ने सूची नै जारी गरेको थियो। जसअनुसार कुनै पनि नग्न तस्बिर, हिंसा र आक्रोश फैलाउने, आतंकवादी गतिविधिलाई बढुवा दिने जस्ता पोस्ट नगर्न बताएको थियो।

फेसबुकको मापदण्डभन्दा बाहिर गएर पोस्ट गर्नेको अकाउन्ट बिना जानकारी डिलिट वा ब्लक हुन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य