उनिहरु आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारल"/>
उनिहरु आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारल"/>
नरी बडु/जेठ ४, बैतडी | प्रदेश नम्बर ७ का सबै जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन् ।
उनिहरु आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारले निर्णय नगरेको भन्दै आन्दोलित भएका हुन् | सदस्यहरुले सबै प्रकारका बैठक बहिस्कार गर्ने निर्णय समेत गरेका छन् । जस अन्तर्गत बैतडी जिल्ला समन्वय समितिका सदस्यहरुले पनि शुक्रबार जिल्ला समन्वय समितिको बैठक बहिस्कार गरि बिरोध जनाएका छन् ।
संविधानमा समुन्वय समितिका सदस्यहरुको सेवा सुविधा प्रदेश सरकारले तोके बमोजिम हुने छ भनि लेखिएकाले सदस्यहरुको बरियताक्रम र सेवासुविधाका बारेमा प्रदेश सरकारलाई दबाम दिन बैठकहरु बहिस्कार गरेर आन्दोलन गर्नुपरेको जिल्ला समन्वय समिति, बैतडीका सदस्य रमेस बोहराले बताउनुभयो ।
समन्वय समितिका सदस्यहरुको बिरोधका कारण जिल्ला समन्वय समितिका विभिन्न कामकाज प्रभावित भएका छन् ।
सदस्यहरुको बिरोधले आफुहरुले समेत कुनै मिटिङ तथा छलफल कार्यक्रममा जान नभएको र अन्य निर्णय गर्नमा पनि समस्या भएको जिल्ला समन्वय समिति, बैतडीका संयोजक सिद्धराज भट्टले बताउनुभयो ।
प्रदेश सरकारले आफुहरुको माग सम्बोधन नगरुञ्जेलसम्म जिल्ला समन्वय समिति र सदस्यहरुले सहभागि हुनुपर्ने कुनै कार्यक्रम तथा बैठकमा उपस्थित नहुने सदस्यहरुको अडान छ ।