2026-09-18 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हजारौ नेपाली नारी हामी, श्रीमान बिदेसमा हुनुन्छ कसरी हेर्नु यस्तो’ (भिडियो सहित)

जेठ ५, काठमाडौँ | नेपाली लोकगीत गायनमा पछिल्लो पटक चर्चित गायक प्रकाश सपुतको पछिल्लो गीत सार्वजनिक गरेको जुन गीतको भिडियो हेरेर अधिकांशले रोएको भन्दै प्रतिक्रिया गरेका छन्, त्यसैमा एकजनाले त यस्तो गीत नगाउन भन्न्दै प्रकाश सपुतलाईनै आग्रह गरेकि छन् । उनले प्रतिक्रियामा लेखेकी छन् – ‘म त भन्छु अब पछीका दिनहरुमा यस्तो गितको सब्द-सिर्जना नगर्नुस, हजारौ नेपाली नारी हामी.. श्रीमान बिदेसमा हुनुन्छ, कसरी हेर्नु.. मन नै छिया छिया भयो.., म त हेर्न सकिन .. डाँको छोडेर रोएँ ।’ 

त्यस्तै अर्का एक जनाले भेनका छन् – ‘यो गितको शब्द लेख्नेलाई जेल सजाय होस, लय बनाउनेलाई पनि र गितमा आवाज भर्ने गायक प्रकाश सपुत र गायिका शान्ति श्रि परियारलाई नजरबन्धमा राखियोस, लाखौ प्रवाशि तथा घरवाशिको अमुल्य आशु त्यसै रुवाएर झार्न पाइन्छ र ? यस्तो गित पहिलो पल्ट सुने जसले मुटुको कुनामा चिसो हावाले छुदै आखाको डिलमा सितको थोपा बगाइ दिन्छ । धेरै मर्मस्पर्शि गित रहेको छ, पश्चिमि लोक संस्कृति लाई प्राथमिकता दिएर गाउने लोक गायक गायिकाहरुलाई सुझाव दिन चाहान्छु, एक महिना होइन युगौ युग अमर रहने यस्तै गितहरु गाउनुस ।’ 

त्यस्तै अर्को प्रतिक्रियाबाट पनि यो गीतको भावना र कथा वस्तुलाई उजागर गर्छ, प्रतिक्रियामा भनिएको छ- ‘भिडीयो कन्सेप्ट अति ऊत्कृष्ट, ३ घण्टा लामो चलचित्रमा भन्दा यति छोटो गीतमा सबैको आँखामा आँशु बनाऊन सक्नु आफैमा ठुलो कुरा हो । म लोकदोहोरी खास सुन्ने मान्छे हैन तर केहि बर्षदेखी प्रकाश सपुतको हर कृयाकलापहरु नियाल्ने गर्छु, किन कि यी युवामा एउटा बिछट्टैको प्रतिभा छ । अति ऊत्कृष्ट रचना अनी हाम्रो गायिकाको कामको पनी खुलेरै प्रशंशा गर्छु … ।’  

गायक प्रकाश सपुतको प्रस्तुतिमा परदेशीको वास्तविक पिडा समेटिएको यस गित “ बोल मायाँ …” हालै मात्र सार्वजनिक भएको गित हो । लाखौँ नेपालीहरु परदेशमा भएको अवस्थामा यो गीतले सफलता पाउने विश्वास गर्न सकिन्छ । गीत मार्मिक मात्र नभई यसमा देखाउन खोजिएको दृश्य अझै भयानक छ, गितमा गायिकाले रुँदैझैं भान हुनेगरी गायकी प्रस्तुत गर्दा गीत अझै उत्कृष्ट बनेको छ ।  गीतले बैदेशिक रोजगारीमा जानुको पीडा र त्यसले दिएको पिडालाई हुबहु पस्कने प्रयास भएको छ । यस गीतमा नारायण रायमाझी, प्रकाश सपुत र शान्ति श्री परियारको आवाज रहेको छ भने गीतको शब्द संगीत प्रकाश सपुतले नै भरेका छन् ।

प्रकाश सपुतकै निर्देशन रहेको यस भिडियो करन चैसिरले छायाङ्कन गरेका हुन्  भने प्रविण भट्टले सम्पादन गरेका हुन् । भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी देवेन्द्र बव्लु र सितारे गन्दर्भको निकै मन छुने अभिनय हेर्न सकिन्छ ।

भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई