2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

के तपाईमा यौनशक्तिको कमि छ ? यौनशक्ति बढाउने यस्ता छन् १० उपाय

यौनसम्पर्क वैवाहिक जीवनको महत्वपूर्ण पाटो हो | यौनशक्तिले यौन जीवनमा ठुलो भूमिका खेलेको हुन्छ | कतिपय मानिसहरु आफ्नो वैवाहिक जीवन खुशी बनाउनका लागि बजारमा मिल्ने यौनशक्ति बढाउने औषधि सहारा लिने गर्दछन् । तर यो सरासर गलत हो किनकि यसको नकारात्मक प्रभावले कालान्तरमा पछुताउनुको विकल्प हुँदैन । केहि सामान्य कुरामा ध्यान दिनसके पनि  यौनजीवन सुखमय बित्छ | ति हुन् –

१. नाइट डेटिङमा जानुस् –

सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस् । रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ । यसलाई छोडेर बिहेअघिजस्तै नाइट डेटिङमा जाने गर्नुस् । सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै कतै बिताउनेगरी जानुहोस् ।

२. गर्भनिरोधक औषधि बदलिरहनुस् –

शरीरमा हुने हर्मोनको मात्रा परिवर्तनले सेक्सप्रतिको उत्सुकता र लगावमा परिवर्तन ल्याउँछ । लामो समयसम्म एउटै किसिमको गर्भनिरोधक औषधि सेवन गर्नाले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको मात्रा घट्न पुग्छ । जसले मानिसको सेक्सप्रतिको रुचि घटाउँछ । त्यसैले गर्भनिरोधक औषधि र विधिमा परिवर्तन गरिरहनुपर्छ ।

३. घरको काम बाँड्नुस् –

राती भान्साको काम श्रीमान्–श्रीमती मिलेर गर्नुस् । यसो गर्दा आत्मीयता बढ्छ । रातको समयमा निकट रहेर काम गर्दा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ ।

४. सक्रिय रहनु –

यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा तपाईंलाई नियमित व्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले तपाईंको स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसंग हुन्छ ।

५. सेक्सलाई रुटिनमा राख्नुस् –

दैनिक क्रियाकलापको सूचिमा सेक्सलाई पनि थप्नुहोस् । यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ।

६. लुब्रिकेन्ट जगडा राख्नुस् –

प्राक्क्रीडामा पर्याप्त समय नदिँदा अथवा अन्य कारणले योनि सुक्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन् । उनीहरूको कुरा बुझेर लुब्रिकेन्ट अथवा योनि म्वइस्चराइजरको व्यवस्था गर्नुहोस् ।

७. सेक्सअघि तनावरहित हुनुस् –

तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन |

८. चिल्लो कम खानुस् –

चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।

९. यौनवद्र्धक खाना खानुस् –

एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।

१०. सम्बन्धको निरीक्षण गर्नुस् –

बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ । एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई